arrow

निर्वाचनअघि काँग्रेससँग कुनै सत्ता गठबन्धन हुँदैन : पोखरेल

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज २४ आइतबार
Ishor-pokhrel.jpeg.jpeg

काठमाडौँ ।  नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले नेपाली काँग्रेस नेतृत्वको सरकारसँग कुनै सत्ता गठबन्धन नहुने बताएका छन् । आइतबार पत्रकारहरूसँगको कुराकानीमा पूर्व उपप्रधानमन्त्री समेत रहेका पोखरेलले निर्वाचनअघि काँग्रेस नेतृत्वको सरकारसँग कुनै सत्ता गठबन्धन नहुने बताएका हुन् । 

उनले एमाले विपक्षमा रहँदा पनि समृद्धिका लागि पहल जारी राख्ने र जनताका लागि आवाज उठाइरहने उल्लेख गर्दै अप्ठेरो स्थितिमा पार्टीलाई नयाँ ढङ्गले अघि बढाउन हालै सम्पन्न विधान महाधिवेशनले नीति तथा विधिका लागि म्यान्डेट दिएको र मङ्सिरमा हुने दशौँ राष्ट्रिय महाधिवेशने नयाँ नेतृत्व निर्वाचित गर्ने जनाए । 

उनले आफू दुई कार्यकाल महासचिव भइसकेकाले त्योभन्दा माथि जुनसुकै पदका लागि ‘डिजर्भ’ गर्ने भए पनि अहिले अध्यक्ष ओलीले नेतृत्व गरेको यात्रालाई सत्ता गठबन्धनले चुनौती दिन खोजेकाले परामर्शमा मात्रै उम्मेदवारी तय गर्ने बताए ।

उनले  पछिल्ला राजनीतिक घटनाक्रमले पनि पूर्ववर्ती केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको ताजा जनादेशमा जाने निर्णयको औचित्य पुष्टि भएको बताए ।उनले प्रतिनिधिसभाको विघटनलाई सर्वोच्च अदालतले पुनः स्थापनाको फैसला गरेका कारण एमाले प्रतिपक्षमा पुगेको र आउँदो निर्वाचनबाट पुनः जनादेश पाउने विश्वास व्यक्त गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ