arrow

'१ खर्ब डलरको क्लब'मा भारतीय धनाढ्य मुकेश अम्बानी 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज २४ आइतबार
mukesh ambani.jpg

काठमाडौँ । एसियाकै धनाढ्य भारतीय उद्यमी मुकेश अम्बानी विश्वको १ खर्ब डलर (१०० अर्ब)सम्पत्ति हुनेहरूको क्लबमा प्रवेश गरेका छन्। 

अहिलेसम्म १०० अर्ब भन्दा बढी सम्पत्ति हुनेको सूचिमा ११ जना धनाढ्य मात्रै रहेका छन् । जसमा एलन मस्क, जेफ बेजोसलगायत विश्वका ११ धनाढ्य व्यक्ति छन् । 

यसै १ खर्बको क्लबमा मुकेश अम्बानी पनि प्रवेश गरेका हुन् ।

ब्लुमबर्गको पछिल्लो तथ्याङ्क अनुसार मुकेश अम्बानीको सम्पत्ति १ सय १ अर्ब अमेरिकी डलर पुगेको छ । यो समाचार लेख्दा उनी विश्वको ११ औँ नम्बर धनाढ्यको सूचिमा छन् ।

यस वर्ष मात्रै अम्बानीको सम्पत्ति करिब २४ अर्बले बढेको छ । सन् २००५ मा बुबाको मृत्युपछि तेल प्रशोधन र पेट्रोकेमिकल्स व्यवसायसमेत अम्बानीले सम्हालेका थिए ।

६४ वर्षीय अरबपति अम्बानीले दूरसञ्चार, प्रविधि र इकमर्सलगायतका क्षेत्रमा रिलायन्स इन्डस्ट्रिजको व्यापक विस्तार गरिरहेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ