- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पेरिस । फ्रान्सका पूर्व प्रधानमन्त्री एडुआर्ड फिलिपले नयाँ राजनीतिक पार्टीको खोल्ने भएका छन् ।
पूर्वप्रधानमन्त्री फिलिपले शनिबार हाभ्रेमा नयाँ पार्टी बारे जानकारी दिदै भने- "हामीले बनाएको पार्टीको नाम होराइजन्सको हो । टाढा-टाढासम्म देख्नका लागि र राम्रो काम गर्नका यो आवश्यक छ । फिलिप हाभ्रेका पूर्व मेयर समेत हुन् ।
आफ्नो पार्टीको रणनीतिक लक्ष्यका बारेमा प्रष्ट पार्दै फिलिपले भने- देशको दीर्घकालीन रणनीति र विकासको लक्ष्यका निम्ति टाढा-टाढासम्म देख्नसक्नुपर्छ । "तपाइँले टाढा हेर्नुपर्छ, किनकि यदि तपाइँ साँच्चै देशको रणनीतिका बारेमा सोच्न चाहानुहुन्छ भने २०५० सम्ममा तपाइँ आफ्नो अगाडि मात्र होइन टाढा-टाढा सम्म हेर्नुहोस् ।“ नेता फिलिपले भने ।
उनले आफ्ना समर्थकहरूलाई नयाँ राजनीतिक विकल्पको निर्माणमा भाग लिनका लागि समेत आह्वान गर्दै देशलाई माया गर्न र समुन्नत बनाउँन समेत आग्रह गरेका छन् ।
पूर्व प्रधानमन्त्रीले फिलिपले आगामी राष्ट्रपति चुनावमा फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनलाई समर्थन गर्ने बताएका छन् । नेता फिलिपले २०२२ निर्वाचनमा राष्ट्रपति इमानुएल म्याक्रोनलाई पुनः निर्वाचित गराउँन आफू प्रतिबद्ध रहेको समेत बताएका छन्।
होराइजन्स पार्टी अर्को चुनावका लागि तयार हुनेछ र नेता फिलिपलाई सन् २०२७ को चुनावमा राष्ट्रपतिको उमेद्वार बनाउँनेछ ।