- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । अफगानिस्तानबाट अमेरिका फिर्ता भएपछि पहिलो पटक तालिबानसँग प्रत्यक्ष वार्ता भएको छ । कतारको दोहामा भएको वार्ता अमेरिकी नागरिकहरूको उद्धार र मानवीय सहायताका विषयमा केन्द्रित थियो ।
अमेरिकी अधिकारीहरूले तालिबानसँग उसको काम अनुसारको सम्बन्ध रहने बताउँदै वार्ता भने औपचारिक भएको बताएका छन् । बैठकले तालिबान सरकारलाई मान्यता भने दिने कुनै सङ्केत गरेको छैन ।
आइतबार राती तालिबानले जारी गरेको वक्तव्यमा अमेरिकाले देशलाई मानवीय सहायता उपलब्ध गराउन सहमत भएको दाबी गरेको छ।
'अमेरिकी प्रतिनिधिहरूले अफगानिस्तानलाई मानवीय सहायता दिने र संस्थाहरूमार्फत समेत मानवीय सहायताका उपलब्ध गराउन सहयोग गर्ने बताएको,' वक्तव्यमा उल्लेख छ ।
यस्तै 'परोपकारी संस्थाहरूलाई पारदर्शी रूपमा मानवतावादी सहायता प्रदान गर्न र विदेशी नागरिकहरूको सैद्धान्तिक हिँडडुलका लागि सहकार्य गर्ने' तालिबानले जनाएको छ ।
यद्यपि, अमेरिकाले भने यो दाबीलाई औपचारिक रूपमा पुष्टि गर्न बाँकी छ ।
अमेरिकी प्रवक्ता नेड प्राइसले दुवै पक्षले 'विस्तृत मानवीय सहायताको प्रावधान'का विषयमा छलफल गरेको बताएका छन् । यद्यपि, उनले विस्तृत जानकारी दिएनन् ।
'सुरक्षा र आतङ्कवाद चिन्ता, अमेरिकी नागरिकहरू र अन्य विदेशी नागरिकहरू र हाम्रा अफगानिस्तान साझेदारहरूको लागी सुरक्षित मार्ग, साथसाथै मानव अधिकार, अफगान समाजका सबै पक्षहरूमा महिला र केटीहरूको सार्थक सहभागिता सहितका विषयमा छलफल भएको,' उनले बताएका छन् ।