arrow

१३ औँ चरणको भारत-चीन सैन्य वार्ता असफल

भारत-चीन सैन्य वार्ता : चिनियाँ पक्ष सहमत भएन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज २५ सोमबार
india china military.jpg

काठमाडौँ । गत वर्षको जुनमा लद्दाखमा चिनियाँ र भारतीय सैनिकबिच भएको लडाइँपछि पछिल्लो चरणको सैन्य वार्ता आइतबार समाप्त भएको छ ।

करिब ८ घण्टा चलेको वार्तामा चिनियाँ पक्ष सहमत भएको छैन भने उसले न कुनै भावी प्रस्ताव नै अघि सारेको छ ।

वार्तापछि भारतीय सेनाले विज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिएको हो । 'बैठकको क्रममा भारतीय पक्षले बाँकी क्षेत्रहरूको समस्या समाधानको लागी रचनात्मक सुझाव दिए तर, चिनियाँ पक्ष सहमत थिएन र कुनै दूरदर्शी प्रस्तावहरू प्रदान गर्न सकेन। यस कारण बैठकले बाँकी क्षेत्रहरूको समाधानको लागि वार्ताले कुनै निष्कर्ष निकाल्न सकेन,' भारतीय सेनाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यद्यपि, दुवै पक्ष सम्पर्क र स्थिरता कायम गर्न सहमत भएको छ । 'यो हाम्रो अपेक्षा हो कि चिनियाँ पक्षले द्विपक्षीय सम्बन्धको समग्र परिप्रेक्ष्यलाई ध्यानमा राख्नेछ र द्विपक्षीय सम्झौता र प्रोटोकलको पूर्ण रूपमा पालना गर्दै बाँकी रहेका मुद्दाहरूको प्रारम्भिक समाधानको दिशामा काम गर्नेछ,' भारतीय सेनाद्वारा जारी विज्ञप्तिमा लेखिएको छ ।

चीनले पनि वार्ता सफल नभएको सङ्केत गरेको छ । चिनियाँ सेनाको पश्चिमी थिएटर कमान्डले एक विज्ञप्ति जारी गर्दै वार्ता असफल भएको सङ्केत गरेको हो ।

'वार्तामा कठिनाइ थप्दै भारतले अनुचित र अवास्तविक मागहरूमा जोड दिएको छ,' चिनियाँ पक्षको विज्ञप्तिमा उल्लेख छ ।

'चीनले सीमा स्थितिलाई सहज बनाउन र शान्त पार्न भरपुर प्रयास गरेको छ र आफ्नो इमानदारिताको पूर्ण रूपमा प्रदर्शन गरेको छ,' विज्ञप्तिमा लेखिएको छ ।

आइतबार साढे आठ घण्टासम्म चलेको चीनसँगको सैन्य वार्ताको १३ औँ चरणमा भारतले पूर्वी लद्दाखमा बाँकी रहेका तनावपूर्ण बिन्दुहरूबाट सेनाको शीघ्र विस्थापन गर्न दबाब दिएको थियो ।

यसअघिको चरणको वार्ता सफल भएको थियो । जस अनुसार गोगरा बिन्दुबाट दुवै पक्षले सेना फिर्ता ल्याएको थियो । झन्डै दुई महिनापछिको यो १३ औँ चरणको उच्चस्तरीय सैन्य वार्ता भने असफल भएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ