- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । सन् २०२१ को अर्थशास्त्रतर्फको नोबेल पुरस्कार तीन अर्थशास्त्रीले पाएका छन् ।
श्रम अर्थशास्त्र र कारण सम्बन्धको विश्लेषणमा विशेष योगदान दिएका तीन अर्थशास्त्रीले नोबेल पुरस्कार जितेका हुन् ।
रोयल स्वीडिश एकेडेमी अफ साइन्सेजले सोमबार डेभिड कार्ड, जोशुआ एंग्रिस्ट र गुइडो इम्बेन्सलाई संयुक्त रूपमा पुरस्कार प्रदान गरेको हो ।
डेभिड क्यानेडियन, गुइडो डच-अमेरिकी र जोशुआ अमेरिकी अर्थशास्त्री हुन् ।