arrow

माओवादी केन्द्रले ३० लाख सदस्यलाई सङ्गठित गर्ने : एक व्यक्ति एक पद

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज २५ सोमबार
maoist-cpn.jpg

काठमाडौँ। माओवादी केन्द्रले ३० लाख ९४ हजार १६८ सङ्गठित सदस्य, सदस्य र समर्थकलाई सङ्गठित गर्ने लक्ष्य राखेको छ।

राष्ट्रिय सम्मेलनको तयारीमा रहेको माओवादी केन्द्रले सङ्गठन सुदृढीकरण अभियानमार्फत आफ्ना सदस्यहरूलाई सङ्गठित गर्ने लक्ष्य लिएको हो।

यो अभियान अन्तर्गत पार्टीमा जिम्मेवारी नपाएका नेता कार्यकर्ताहरूलाई जिम्मेवारी दिने लक्ष्यसमेत माओवादी केन्द्रले लिएको छ।पार्टी सङ्गठनलाई सशक्त बनाउन माओवादी केन्द्रले यस्तो तयारी गरेको हो। यो अभियान अन्तर्गत एक व्यक्ति एक पदको अवधारणा लागू गरिने माओवादी केन्द्रले जनाएको छ।

सो व्यवस्था लागु गर्नका लागि विधान संशोधनको प्रस्ताव केन्द्रीय समितिमा लगिने माओवादीले निर्णय गरेको छ। ६ असोजदेखि सुरु भएर १३ गते सम्पन्न माओवादीको स्थायी कमिटी बैठकले केही नेताहरूको जिम्मेवारीसमेत हेरफेर गरेको बताइएको छ।
 
जसअनुसार नेता नारायणकाजी श्रेष्ठले विदेश विभाग प्रमुखको जिम्मेवारी पाए छन्। यस्तै नेता राम कार्की उपप्रमुख बनेका छन् । उनी प्रवास समन्वय समितिमा समेत इन्चार्जको भूमिकामा छन्।

यसै गरी डोरप्रसाद उपाध्याय माओवादी केन्द्रीय कार्यालयको सचिव बनेका छन् । उनी यसअघि कपिलवस्तु इन्चार्जको जिम्मेवारीमा थिए ।

यस्तै अन्य प्रदेशमा समेत नेताहरूको जिम्मेवारी हेरफेर गरिएको बताइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ