arrow

मास्क पनि नलगाउने राष्ट्रपति रोकिए ग्रेमियो फुटबल हेर्नबाट 

logo
एएनआई/स्पुतनिक,
प्रकाशित २०७८ असोज २५ सोमबार
jair-bolsonaro-brazil-president1.jpg

ब्राजिलिया [ब्राजिल] । ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारोले कोभिड विरुद्धको खोप नलगाएकाले आफूलाई सान्तोस बनाम ग्रेमियो फुटबल म्याचमा प्रवेश निषेध गरिएको जानकारी दिएका छन्।
 
राष्ट्रपतिको प्रेससँगको कुराकानीको भिडियो आइतबार सार्वजनिक भएको छ जसमा राष्ट्रपतिले आफूमा खोप लगाएकामा भन्दा बढी इन्टिबडी भएको दाबी गरेका छन्। 

 उनले भने - किन खोप कार्ड चाहियो ! किन पासपोर्ट चाहियो ! म केवल खेल हेर्न चाहान्छु ।"

स्थानीय सञ्चार माध्यमले जनाएअनुसार राष्ट्रपति बोल्सोनारो हाल साओ पाउलोमा बिदामा छन् । 

ब्राजिलका नेताले कोरोनाभाइरस विरुद्धको खोपप्रति शंका व्यक्त गर्ने गरेका छन् र त्यहाँ उल्लेख्य मात्रामा खोप लगाइएको पनि छैन। 

उनी जुलाई २०२० मा कोरोनाभाइरसबाट सङ्क्रमित भएका थिए । केही हप्ता क्वारेन्टिनमा बसेपछि नियमित काममा फर्किएका थिए । 

राष्ट्रपति बोल्सोनारो जो लकडाउनको एक कट्टर विरोधी पनि हुन् जसले मास्क पनि लगाउँने गर्दैनन् ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ