arrow

जर्मनी बन्यो कतार विश्वकपमा छानिने पहिलो टिम

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज २६ मंगलबार
football-germany-202175.jpg

काठमाडौं । जर्मनी सन् २०२२ को कतार विश्वकप फुटबलमा छानिने पहिलो टिम बनेको छ । विश्वकपको युरोपेली छनोट अन्तर्गत सोमबार राति भएको खेलमा नर्थ म्यासेडोनियालाई पराजित गर्दै जर्मनी विश्वकपका लागि छानिएको हो । 

जर्मनी ४–० गोल अन्तरको फराकिलो अन्तरले पराजित गर्दै  दुई खेलअघि नै विश्वकपमा छानिन सफल भएको हो । जर्मनीलाई जित दिलाउन टिमो वेर्नरले दुई गोल गरे । त्यस्तै काइ हाभर्ट्ज र जमाल मुसियालाले एक एक गोल गरे ।

खेलको ५० औं मिनेटमा हाभर्ट्जले गोल गर्दै जर्मनीलाई अग्रता दिलाए । वेर्नरले ७० औं र ७३ औं मिनेटमा गोल गरे मुसियालाले ८० औं मिनेटमा गोल गर्दै जर्मनीलाई ४–० ले जिताए । 

जर्मनी रहेको समूह जेमा रोमानियाले अर्मेनियालाई १–० ले हरायो । आइसल्याण्डले लिचटेन्सटेनलाई ४–० ले हरायो । 

यस समूहमा जर्मनी ८ खेलमा २१ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । अब जर्मनीले  लिचटेन्सटेन र अर्मेनियासँग खेल्नेछ ।

अन्य खेलको नतिजा
बेलारुस ०–२ चेक गणतन्त्र
इस्टोनिया ०–१ वेल्स
लात्भिया १–२ टर्की 
नेदरल्याण्ड्स ६–० जिब्राल्टार
नर्वे २–० मोन्टेनेग्रो
क्रोएसिया २–२ स्लोभाकिया
स्लोभेनिया १–२ रुस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ