arrow

तालिबानलाई वाचा पूरा गर्न राष्ट्रसंघका महासचिवको आग्रह

logo
एएनआई/स्पुतनिक,
प्रकाशित २०७८ असोज २६ मंगलबार
antonio_guterres-us-general-secretary.jpg

न्यूयोर्क । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले तालिबानलाई महिला र बालिकाहरुको अधिकार पालना गर्ने आफ्नो वाचा पूरा गर्न आग्रह गरेका छन् ।

महासचिव गुटेरेसले भनेका छन् "तालिवानले अफगानिस्तानमा सत्ता कब्जा गरेपछि विभिन्न समयमा - अफगान नागरिकहरू - महिला, बालबालिका, अल्पसंख्यक समुदाय, पूर्व सरकारी कर्मचारीहरु सहित - उनीहरु आफ्नो अधिकारको रक्षा गर्ने वाचा गरेका छन्।" त्यो पूरा हुनुपर्छ ।

"म तालिबानलाई दृढतापूर्वक अपील गर्दछु कि महिलाहरू र बालिकाहरूसँग आफ्नो प्रतिज्ञाहरू पूरा गर्नुहोस् र अन्तर्राष्ट्रिय मानव अधिकार र मानवीय कानून अन्तर्गत आफ्नो दायित्व पूरा गर्नुहोस्,"  गुटेरेसले जोड दिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ