arrow

पूर्वराजा ज्ञानेन्द्रलाई डा.बाबुरामको सुझाव: 'गणतन्त्र स्वीकार गरेर चुपचाप बस्नुहोस'

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज २६ मंगलबार
baburam.jpg

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले बडादशैंका अवसरमा दिएको शुभकामना सन्देशप्रति जनता समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले आपत्ति जनाएका छन् ।

डा.भट्टराईले पूर्वराजा शाहलाई चुपचाप संघीय लोकतान्त्रिक गणतन्त्र स्वीकार गरेर बस्न सुझाव पनि दिएका छन् । पूर्वराजा शाहले मंगलबार शुभकामना दिएका हुन् । शाहलाई चुपचाप संघीय लोकतान्त्रिक गणतन्त्र स्वीकार गरेर बस्न भट्टराईको सुझाव छ ।

शाहले आफ्नो शुभकामना सन्देशमा प्रजातन्त्रबिनाको राजसंस्था र राजसंस्थाबिनाको प्रजातन्त्र नेपालजस्तो देशमा सान्दर्भिक नहुने तर्क गरेका छन् ।

डा.भट्टराईले सामाजिक सञ्जालमा यस्तो लेखेका छन्, ‘राजसंस्थाविनाको प्रजातन्त्र टिक्दैन भन्नु जनतालाई तातो बरफ वा सिंगसहितको खरायो खोज्न लगाउनु जस्तै भ्रमको खेति गर्नु र देशलाई पुनः द्वन्द्वमा धकेल्नु मात्रै हो । पूर्वराजालाई देश र जनताप्रति अलिकति पनि जिम्मेवारीवोध छ भने चुपचाप संघीय लोकतान्त्रिक गणतन्त्रलाई स्वीकारेर बस्नु बेश हुनछ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ