arrow

न्यु राईज यूथ क्लबद्वारा बाढीपीडित सुनारलाई घर हस्तान्तरण

logo
नारायण वली,
प्रकाशित २०७८ असोज २६ मंगलबार
new-rizon-club.JPG

रुपन्देही । गत भदौ १० गतेको अविरल वर्षाले स्थानीय बभनी खोलामा आएको बाढी पसेर रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा १३ बभनीका सोम बहादुर सुनारको घर पुर्ण रुपमा क्षति हुन पुग्यो ।

बाढीले घर पूर्ण रूपमा क्षतिग्रस्त भएपछि स्थानीय बभनीमा रहेको न्यु राईज यूथ क्लबले बाढीपीडित सुनार घरबार विहीन हुन पुगेपछि क्लबले सुनारको घर बनाई दिने प्रतिबद्धता जनाए सँगै मङ्गलवार आज फूलपातीको अवसरमा क्लबले बाढीपीडित सुनार परिवारलाई एक कार्यक्रमको आयोजना गर्दै, बाजागाजा सहित घर हस्तान्तरण गरेको हो ।

झन्डै, साढे चार लाख भन्दा बढी लागतमा क्लबले बाढीपीडित सुनार परिवारलाई घर निर्माण गरेर हस्तान्तरण गरेको छ ।  दैनिक मजदुरी गरेर जीवनयापन गर्दै, आएका बाढीपीडित सुनार परिवारले आफूहरू घरबार विहीन भएको अवस्थामा स्थानीय क्लबले आफूहरूको अभिभावकत्व प्रदान गर्दै, घर बनाएर सुरक्षित वासस्थान गराई दिएकोमा खुसी व्यक्त गरेका थिए । 

सो अवसरमा मितेरी समाज युएईका अध्यक्षले सहयोग स्वरूप ४३ हजार रुपैयाँ क्लबका अध्यक्ष विष्णु पराजुलीलाई प्रदान गरेका थिए । 

साथै, उक्त क्लबले बभनीमा रहेको शिव मन्दिरमा फूलपाती समेत भित्र्याएको थियो । स्थानीय महिला समूहहरूको समेत उपस्थितिमा फूलपाती भित्र्याउँदा बाजागाजामा महिलाहरूले नाचेर खुसी साटेका थिए ।

सो अवसरमा क्लबका अध्यक्ष विष्णु पराजुलीले बाढीपीडित सुनार जस्ता, प्राकृतिक विपद्ले विचलित भएका र कृत्रिम रूपमा पीडित बनेका अन्य परिवारलाई पनि यसअघिका वर्षहरूमा सहयोग गरेको बताउँदै, आगामी दिनमा पनि क्लबले सक्ने जति सामाजिक कार्यमा सक्रिय भएर लाग्ने जनाएका थिए ।

यस्तै, क्लबका उपाध्यक्ष चित्र भण्डारीले भने, बाढीपीडित सुनार परिवारलाई घर निर्माण गरेर दसैँको फूलपातीको दिन हस्तान्तरण गर्न पाउँदा, आफू र क्लब परिवार खुसी भएको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ