arrow

प्यान्डोरा पेपर्ससँग जोडिएको भन्दै पाकिस्तानी प्रधानमन्त्रीको राजीनामा माग

logo
एजेन्सी,
प्रकाशित २०७८ असोज २६ मंगलबार
ahsan-iqbal-muslim-leaque-secreatary.jpg

इस्लामावाद। हालसम्मकै सबैभन्दा ठुलो बितिए खुलासा प्यान्डोरा पेपर्ससँग जोडिएको भन्दै पाकिस्तानी प्रधानमन्त्री इमरान खानको राजीनामा माग गरिएको छ। पाकिस्तानका प्रधानमन्त्री इमरान खानले पनि मुलुकमा कर छली गर्दै विदेशमा दुई वटा कम्पनीमा लगानी गरेको बताइएको छ।

मुस्लिम लीग नवाज (पीएमएलएन)का महासचिव अहसान इकबालले पाकिस्तानी प्रधानमन्त्रीले पनि विदेशमा दुई वटा कम्पनीमा लगानी गरेको बताएका छन्। उनले मुलुकको प्रधानमन्त्री नै प्यान्डोरा पेपर्ससँग जोडिएको भन्दै विपक्षीहरू राजीनामा माग गरेका हुन्।

आइतबार नरोवालमा पत्रकारसँगको अन्र्तक्रियामा बोल्दै इकबालले पान्डोरा पेपर्सले नयाँ प्यान्डोरा बक्स खुला गरेको र प्रधानमन्त्री इमरान खानले पनि कर छली गरेको पाइएको बताएका हुन्।

उनका दुई मन्त्री र अन्य सात सय सरकारी कर्मचारीहरूको नाम पनि प्यान्डोरा पेपर्समा उल्लेख गरिएको छ। प्रधानमन्त्री खानले भने प्यान्डोरा पेपर्ससँग जोडिएकाहरूमाथि अनुसन्धान गर्ने बताएका छन्। 

तर, विपक्षीहरूले भने प्रधानमन्त्री खानले नै राजीनामा दिनुपर्ने बताइरहेका छन्। इकबालले आफूलाई इमानदार दाबी गर्ने नेताहरू र जनतामा भ्रम फैलाउने नेताहरूले पनि विदेशमा लगानी गरेको र मुलुकलाई ठगी गरेको बताएको डेली टाइम्सले रिपोर्ट गरेको छ। 

प्यान्डोरा बक्स खुला हुनुअघि नै सरकारका प्रवक्ताले प्रधानमन्त्री खानको बचाउ गर्न सुरु गरेको उनले बताएका छन्। 

इमरान खानले पाकिस्तानी मुद्रास्फीति कोभिड महामारीको कारण बढेको बताएर जनतालाई गुमराहमा राख्न खोजेको इकबालले बताए। उनले सरकारको आर्थिक नीतिहरूका कारण मुद्रास्फीति बढेको उनको दाबी छ। 

डेली टाइम्सका अनुसार इमरान खानले इमानदारीको लुगा लगाएर जनतालाई मूर्ख बनाउने काम गरिरहेको र समयको बरबादी गरिरहेको बताएका छन्। 

प्यान्डोरा पेपर्समा करिब १२ मिलियन फाइलहरूको खुलासा गरिएको छ। जसमा विश्वभरका १५० सञ्चारमाध्यमहरूले यसको अनुसन्धानमा सहयोग गरेका थिए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ