arrow

पाकिस्तान र अफगानिस्तानमा रहका मदरसाहरू आतङ्कवाद उत्पादन स्थल : अनुसन्धान विश्लेषक एनी हेकेन्डोर्फ

logo
एजेन्सी,
प्रकाशित २०७८ असोज २६ मंगलबार
anne-heckendorff-un-researcher-humanrights.jpg

जेनेभा। युरोपियन फाउन्डेशन फर साउथ एसियन स्टडीजका एक अनुसन्धान विश्लेषकले पाकिस्तान र अफगानिस्तानका धार्मिक विद्यालयहरु (मदरसा) आतंकवादीहरु उत्पादन गर्ने स्थल बन्नेमा चिन्ता व्यक्त गरेका छन्।

संयुक्त राष्ट्र मानवअधिकार सत्रको ४८ औँ सत्रमा भर्चुअल सम्बोधन गर्दै अनुसन्धान विश्लेषक एनी हेकेन्डोर्फले दक्षिण एसियामा आतङ्कवादको खतरा धेरै हदसम्म धार्मिक विद्यालयहरु, तथाकथित मदरसाहरूबाट बढेको बताएकी छन्। उनले इस्लामको विकृत, अधिक रुढीवादी व्याख्यालाई बारम्बार पढाउने यस्ता स्कुलहरू अझै पनि पाकिस्तान र अफगानिस्तानमा निर्बाध रूपमा फस्टाइरहेको उनले बताइन्।

उनले भनिन्, "तालिबान र डरलाग्दो हक्कानी नेटवर्क पाकिस्तानमा यस्ता मदरसाबाट जन्मेका हुन्। लश्कर ए तैयबा (एलईटी), जैश ए मोहम्मद (जेईएम) र अन्य आतङ्कवादी सङ्गठनहरूले पाकिस्तानको शक्तिशाली गुप्तचर एजेन्सीको संरक्षणमा पाकिस्तानमा यस्ता आतङ्ककारी कारखाना सञ्चालन गरिरहेछन्।"

पाकिस्तान र अफगानिस्तानमा धेरै अवैध मदरसा वा धार्मिक स्कुलहरू सञ्चालनमा रहेको र यस्ता स्कुलहरूमा युवाहरूलाई जिहाद वा युद्धको लागि बाध्य पारिने गरेको उनले बताएकी हुन्। उनीहरूलाई अन्य धर्मविरुद्ध घृणा फैलाउने र बन्दुक संस्कृतिको लागि प्रेरित गर्ने काम भइरहेकोसमेत उनले बताएकी छन्।  

हेकेन्डोर्फले भनिन्, "अन्तर्राष्ट्रिय समुदाय तालिबान शिक्षाको झुटो प्रतिज्ञाहरूसँग खुसी हुनुहुँदैन। उनीहरू आफ्नो देशलाई शान्ति र विकासको बाटोमा लैजान सक्षम जनशक्ति बढाउनुको सट्टा, दुस्मन र घृणाद्वारा परिभाषित एक विश्व दृष्टिमा मिलिसिया उत्पादन गरिरहेका छन्। तालिबानमा आर्थिक स्वतन्त्रताको अभाव छ र त्यसको लाभ विभिन्न स्वार्थ समूह मुलुकले लिने गरेका छन्। त्यहाँका मदरसाहरूलाई कट्टरपन्थी युवा अफगानहरूको अर्को पुस्ताको हानिलाई रोक्नका लागि बन्द गर्नुपर्दछ।" 

उनले अफगानिस्तानमा मानवअधिकारको सुनिश्चित गर्दै शिक्षाहरू उपलब्ध गराइनु पर्ने र आतङ्कवादलाई बढवा दिने शिक्षामा प्रतिबन्ध लगाइनु पर्ने बताएकी छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ