arrow

रोनाल्डोको ५८ औं ह्याट्रिकले जित्यो पोर्चुगल 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज २७ बुधबार
football-ronaldo-portugal.jpg

काठमाडौं । पोर्चुगिच फुटबल स्टार क्रिष्टियानो रोनाल्डोले करियरको ५८ औं ह्याट्रिक गरेका छन् । उनले पछिल्लो ह्याट्रिक विश्वकप छनोटका क्रममा लिएका हुन् । योसँगै उनले अन्तर्राष्ट्रिय खेलमा दशौं ह्याट्रिक पनि गरेका छन् ।

सन् २०२२ मा कतारमा हुने विश्वकपको युरोपेली छनोटमा पोर्चुगलले लग्जेम्बर्गलाई ५–० गोल अन्तरको फराकिलो स्कोरले हराउने क्रममा रोनाल्डोले ह्याट्रिक गरेका हुन् । 

मंगलबार राति भएको खेलमा ब्रुनो फर्नान्डेज र जोआ पाल्हिन्हाले एक एक गोल गरे । यसरी भएका थिए पाँच गोल – 

–आठौं मिनेटमा पेनाल्टीमा गोल गर्दै कप्तान रोनाल्डोले शुरुआती अग्रता दिलाए । 
–१३ औं मिनेटमा रोनाल्डोले पेनाल्टीबाटै व्यक्तिगत दोस्रो गोल गरे ।
–१७ औं मिनेटमा ब्रुनोले गोल गरे । 
–६९ औं मिनेटमा पाल्हिन्हाले गोल गरे । 
–८७ औं मिनेटमा रोनाल्डोले ह्याट्रिक पूरा गरे । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ