arrow

बाइडेन राष्ट्रपतिमा निर्वाचित भएपछि पहिलो पटक अफ्रिकी नेतासँग भेट्दै

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज २७ बुधबार
biden uk.jpg

काठमाडौं । अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएपछि  जो बाइडेनले पहिलो पटक अफ्रिकी नेतासँग भेटवार्ता गर्ने भएका छन् । बिहीबार बाइडेनले केन्याका राष्ट्रपति युहुरु केन्यातासँग भेट गर्न लागेका हुन्। 

केन्याता अमेरिका भ्रमणमा जाँदै छन् । उनलाई बाइडेनले अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसमा स्वागत गर्ने कार्यक्रम रहेको जानकारी ह्वाइट हाउसका प्रेस सेक्रेटरी जेन पास्कीले  दिए । निर्वाचित भएपछि बाइडेनको अफ्रिकी नेतासँग भेटवार्ता हुन लागेको यो पहिलो पटक भएको पास्कीले जानकारी दिए।

यस भ्रमणका क्रममा केन्याका राष्ट्रपति केन्याता र अमेरिकी राष्ट्रपति जो बाइडेन बिचमा द्विपक्षीय हितका साथै आर्थिक तथा विभिन्न विषयमा कुराकानी हुने बताए ।

यसका साथै प्रजातन्त्र र शान्ति स्थापनाका साथै मानवअधिकारको रक्षा र अन्य द्विपक्षीय हितका विषयमा उनीहरूले कुराकानी गर्ने बताइएको छ । 

त्यसै गरी उनीहरूका बिचमा जलवायु परिवर्तनबाट बच्ने उपायहरू अवलम्बन गर्ने विषयमा कुराकानी भएको पनि बताइएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ