arrow

अहिलेको तयारीले सन् २०५० मा कार्बन उत्सर्जन ४० प्रतिशतले मात्रै घट्ने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज २७ बुधबार
global-warming.jpg
काठमाडौँ । विभिन्न खोज र अध्ययनले पृथ्वीको तापमान १.५ डिग्री सेन्टिग्रेड भन्दा बढी बढ्न नदिन विश्वको कार्बन उत्सर्जन सन् २०५० सम्म शून्यमा झार्नुपर्नेछ । यो लक्ष्यलाई नेट जिरो अर्थात् पूर्ण शून्य नाम दिइएको छ । यस अनुसार सन् २०३० सम्ममा आधामा झार्नुपर्नेछ ।
 
यद्यपि, विभिन्न देशहरूको अहिलेको प्रतिज्ञाका अनुसार सन् २०५० मा पृथ्वीको कार्बन उत्सर्जन ४० प्रतिशतले मात्रै घट्ने एक नयाँ अध्ययनले देखाएको छ । अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीको यो नयाँ अध्ययनले विश्वका प्रमुख शक्ति राज्यहरूलाई कार्बन उत्सर्जन घटाउन थप कडाइका साथ नीति योजनामा बनाउनेतर्फ ध्यान दिन केन्द्रित गरेको छ ।
 
३१ अक्टोबरदेखि १२ नाबेम्बरसम्म स्कटल्यान्डको ग्लास्गाे सहरमा संयुक्त राष्ट्र जलवायु परिवर्तन सम्मेलन (कोप२६) हुँदैछ । यसमा सहभागी हुने राष्ट्रहरूलाई एक सहयोगी पुस्तकका रूपमा ऊर्जा एजेन्सीले वार्षिक विश्व ऊर्जा दृष्टिकोण सार्वजनिक गर्दै कार्बन उत्सर्जन घटाउन थप प्रतिज्ञा गर्न आग्रह गरेको हो ।
 
ऊर्जा एजेन्सीले विभिन्न मुलुकले विश्वको तापमान बढ्न नदिन कार्बन उत्सर्जन घटाउनका लागि गरेको प्रतिज्ञा अनुसार सन् २०५० सम्म विश्वको ४० प्रतिशत कार्बन उत्सर्जन मात्रै कम हुने अनुमान गरेको हो । जुन कि सन् २०५० को लक्ष्य भनेको कार्बन उत्सर्जन पूर्ण रूपमा शून्यमा झार्नु हो ।
 
एजेन्सीले नेट जिरोको लक्ष्य पूरा गर्नका लागि आउँदो दशकमा झन्डै ४ ट्रिलियन अमेरिकी डलर बराबरको लगानी गर्नुपर्ने बताएको छ । कोभिड१९को महामारीबाट पार लाग्दै गरेको मुख्य अर्थतन्त्रहरू अझैँ स्वच्छ ऊर्जातर्फ ध्यान दिन नसकिरहेको एजेन्सीको भनाइ छ ।
 
कोइलाका प्रयोगसमेत बढ्न थालेका कारण कार्बन उत्सर्जन घटाउनै झनै सशक्त भएर लाग्नु पर्ने एजेन्सीको आङ्कलन छ । यसबाहेक एजेन्सीले विकासोन्मुख देशहरूलाई स्वच्छ ऊर्जामा विशेष ध्यान दिन र कडाइका साथ नीतिहरू लागु गर्न आग्रह गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ