arrow

अफगानिस्तानमा मानवीय सहायता खाँचो रहेको इटालीको ठहर

logo
सिन्ह्वा,
प्रकाशित २०७८ असोज २७ बुधबार
afgan-people.png

रोम ।  अफगानिस्तानका नागरिकलाई अहिले नै मानवीय सहायताको खाँचो रहेको औँल्याइएको छ । अफगानिस्तानका विषयमा भएको जी २० को जुम बैठकपछि पत्रकारसँग कुराकानी गर्दै इटालीका प्रधानमन्त्री मारिओ ड्राघीले सो कुरा बताएका हुन् । 

उक्त बैठकपछि उनले समाचारदाताहरूसँग भने-हामीले अफगानिस्तानको अवस्थालगायत धेरै विषयमा कुराकानी गरेका छौँ, मलाई लाग्छ यहाँको अवस्था अहिले नै नाजुक छ, यहाँका नागरिकलाई मानवीय सहायताको खाँचो छ । 

इटालीले अफगानिस्तानको विषयलाई लिएर जी२० का सदस्य राष्ट्रहरूको जुम बैठक आयोजना गरेको थियो । सो बैठकमा जी२० का सबै देशका सरकार तथा राज्य प्रमुखहरू सहभागी थिए । 

अफगानिस्तानमा विद्रोह गरिरहेका तालिबानीहरुले गत महिना यहाँको सत्ता हत्याएका थिए । त्यसपछि त्यहाँबाट अमेरिकी सेना फिर्ता भएको छ भने विश्वका देशहरूले पनि अफगानिस्तानमा दिने सहायता रोकेका छन् । 

यसै कारणले अफगानिस्तानको आर्थिक अवस्था पनि नाजुक बन्दै गएको बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ