arrow

पुटिनले भने बाइडेनसँगको सम्बन्ध 'स्थिर र कार्यमूलक' छ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज २८ बिहिबार
biden-putin.jpg
काठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकासँगको सम्बन्ध रचनात्मक रहेको र पारस्परिक हितको विषयले सम्बन्धलाई झन् सामान्य बनाउन मद्दत गर्ने बताएका छन् । मस्कोमा अन्तर्राष्ट्रिय ऊर्जा सम्मेलनमा बोल्दै पुटिनले यस्तो बताएका हुन् ।
 
यसका साथै उनले युरोपमा ग्यास आपूर्ति बढाउनका लागि समेत रुस तयार रहेको बताएका छन् । पछिल्लो समय आपूर्ति समस्याका कारण युरोपमा इन्धनको मूल्य आकासिँदै गएको छ ।
 
यसबिच रुसले ग्यास आपूर्ति कम गरिरहेको कतिपय युरोपेली अधिकारीहरूको आलोचनालाई पुटिनले अस्वीकार गरेका छन् । यस्तै कुनै पनि विदेशी स्वार्थका लागि काम गर्ने व्यक्ति वा संस्थालाई विदेशी एजेन्टको दर्जा दिने रुसी कानुनको बचाउ समेत पुटिनले गरेका छन् ।
 
यसै कानुनका कारण केही दिन अघि मात्रै विश्व शान्ति नोबेल पुरस्कार जितेका दिमित्री मुराटोभलाई विदेशी एजेन्टको दर्जा दिइने विषयमा समेत टीकाटिप्पणी भइरहेको छ ।
 
यद्यपि पुटिनले भने 'मुराटोभले कानुनको उल्लङ्घन गरेको नभए उनले चिन्ता लिनु नपर्ने' बताएका छन् । तर, यदि 'उनले नोबेल पुरस्कारका लागि जाने बुझेर त्यस्तो गरेका छन् भने त्यो फरक कुरा रहने' पुटिनको भनाइ छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ