arrow

बेलायतमा जुलाईपछि कै सबैभन्दा बढी संक्रमित

logo
सिन्ह्वा,
प्रकाशित २०७८ असोज २८ बिहिबार
England-lockdown-corona.jpg

 लन्डन ।  बेलायतमा कोरोना भाइरसको संक्रमण पछिल्ला दिनहरुमा झन् बढेको देखिएको छ । यहाँका अधिकारीहरुले बुधबार यहाँ मध्य जुलाईपछिकै सबैभन्दा धेरै संक्रमित देखिएको बताएका छन् ।

बेलायतका स्वास्थ्य अधिकारीहरुले पछिल्ला केही दिनमा संक्रमण झन् बढेको पाइएको बताएका हुन् । यहाँका सरकारी अधिकारीहरूले बताएअनुसार बुधबार यहाँ गएको २४ घन्टापछि पहिलो पटक ४२ हजार जना भन्दा बढी संक्रमित देखिएका हुन् ।

सरकारले अघि सारेका स्वास्थ्य सम्बन्धी कार्यक्रम र अन्य मापदण्ड लगायतका प्रयासका बाबजुत पनि यहाँ संक्रमित हुनेको दरमा कमी नआएको स्वास्थ्य अधिकारीहरूले जनाएका छन् । सरकारी अधिकारीले दिएको पछिल्लो जानकारीअनुसार थप ४२ हजार ६७७ जनामा एकै दिनमा संक्रमण भएको छ ।

यो समेतगरी बेलायतमा अहिलेसम्म संक्रमित हुनेको संख्या ८२ लाख ७२ हजार नाघेको छ । यहाँको स्वास्थ्य मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएअनुसार पछिल्लो २४ घन्टामा कोरोना भाइरसका कारण एक सय ३६ जनाको मृत्यु भएको छ ।

बेलायतका स्वास्थ्य अधिकारीले निकै लामो समयपछि यहाँ धेरै समयपछि यतिधेरै व्यक्तिको एकै दिन मृत्यु भएको बताए ।योसँगै बेलायतमा अहिलेसम्म कोरोनाका कारण एक लाख ३८ हजार ८० जनाको मृत्यु भएको छ । बेलायतमा कोरोना भाइरसबाट संक्रमित भएकामध्ये करिब सात हजारजना अझै पनि अस्पतालमै उपचाररत रहेका छन्।

यहाँका १६ वर्षमाथिका झन्डै ९० प्रतिशत मानिसले कोरोना भाइरसविरुद्धको खोपको पहिलो मात्रा लगाएका छन् । त्यसैगरी करिब ८२ प्रतिशतले दुवै मात्रा खोप लगाएका पनि स्वास्थ्य मन्त्रालयलको तथ्यांकमा उल्लेख छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ