arrow

पैगम्बर मुहम्मदको अपमान गरेको भन्दै चिनियाँमाथि पाकिस्तानी नागरिकको आक्रमण

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज २८ बिहिबार
imran xi jinping china pakistan.jpg
काठमाडौँ । पाकिस्तानको फैसलाबादस्थित टायल उत्पादन कम्पनीमा पाकिस्तानी नागरिकले आक्रमण गरेका छन् ।
 
इस्लामका संस्थापक पैगम्बर मुहम्मदको अपमान गरेको भन्दै पाकिस्तानी नागरिकहरूले टाइम सिरेमिक्स लिमिटेड कम्पनी र त्यहाँ कार्यरत चिनियाँ नागरिकमाथि आक्रमण गरेका हुन् ।
 
सिरेमिक्स कम्पनीले उत्पादन गर्दै आएको टायलमा पैगम्बर मुहम्मदको नामको अगाडि पीबीयुएच शब्द थपेपछि स्थानीयहरू आक्रोशित भएको बताइएको छ ।
 
यस क्रममा स्थानीयले कम्पनीमा टायल तोडफोड गरेका छन् भने चिनियाँ इन्जिनियर एवं कर्मचारीहरूमाथि समेत आक्रमण गरेका हुन् ।
 
चिनियाँ नागरिकमाथि आक्रमण गरेको सो भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । 
 
यसअघिसमेत पाकिस्तानी नागरिकहरूले त्यहाँ कार्यरत चिनियाँ नागरिकहरूमाथि बेलाबेला आक्रमण गर्दै आएका छन् ।
 
सीप्याक अन्तर्गतकै परियोजनाहरूको समेत धेरै पाकिस्तानी नागरिकहरूले विरोध गर्दै आएका छन् । 
 
यद्यपि, पाकिस्तानलाई ऋण उपलब्ध गराएर कूटनीतिक दाउपेच बनाएको चीनले त्यहाँ आफ्ना कार्ययोजनाहरूलाई भने निरन्तरता दिँदै आएको छ । 
 
पछिल्लो पटकको यो घटनाले अन्तर्राष्ट्रिय स्तरमै चीन र पाकिस्तानबिचको तनावपूर्ण अवस्थालाई सतहमा ल्याएको देखिन्छ ।
 
हेर्नुहाेस् भिडियाे:



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ