arrow

बेरुत प्रदर्शनमा गोली लागेर कम्तीमा छ को मृत्यु, ३२ घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज २९ शुक्रबार
lebanan-agitation.jpg

काठमाडौं । लेबननको राजधानी बेरुतमा भएको प्रदर्शनमा हानिएको गोली लागेर कम्तीमा ६ जनाको मृत्यु भएको छ ।  शिया मुस्लिम समूहका हिज्बुल्लाह र अमाल नामक संगठनका समर्थकले गरेको प्रदर्शनमा हानिएको गोली लागेर उनीहरुको ज्यान गएको हो । घटनामा ३२ जना घाइते भएको बीबीसीले लेखेको छ । 

घाइतेमध्ये थुप्रै गम्भीर रहेकाले मर्नेको संख्या बढ्न सक्ने जनाइएको छ । गत वर्ष बेरुतको बन्दरगाहमा गराइएको भयानक विष्फोटको जाँच गरिरहेका न्यायाधीशको विरोधमा उक्त विरोध प्रदर्शन भएको हो । 

उनीहरुले जाँच आयोगका न्यायाधीश तारेक बिटरलाई हटाउन माग गरिरहेका थिए । न्यायाधीश बिटरले बन्दरगाह विष्फोटको आरोपमा हिज्बुल्लाहका सहयोगी मानिने एक मन्त्रीविरुद्ध जानाजान आरोप लगाएको बताउँदै उनीहरु प्रदर्शनमा उत्रिएका थिए ।

उक्त विष्फोटमा २१९ जना मारिएका थिए । बेरुत बन्दरगाहमा राखिएको २,७५० टन अमोनिया नाइट्रेटमा आगो लाग्दा उक्त दुर्घटना भएको थियो ।

लेबनानी प्रधानमन्त्री नाजिक मिकाटीले भने शान्ति कायम गर्न आग्रह गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ