arrow

तेह्र तल्ले भवनमा आगलागी हुँदा कम्तीमा ४६ जनाको मृत्यु, दर्जनौं गम्भीर 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज २९ शुक्रबार
taiwan-fire.jpg

काठमाडौं । ताइवानमा १३ तल्ले भवनमा आगलागी हुँदा कम्तीमा ४६ जनाको ज्यान गएको छ । दर्जनौं जलेर गम्भीर भएका छन् । मृतकको संख्या बढ्न सक्ने जनाइएको छ । 

दक्षिणी क्षेत्रमा पर्ने काओसिउङ शहरस्थित १३ तले भवनमा बिहीबार बिहान भएको आगलागीमा उक्त संख्यामा मानवीय क्षति भएको हो । आवासीय तथा व्यवसायिक प्रयोजनका लागि प्रयोग हुँदै आएको उक्त भवनको आगो निभाउन चार घण्टा भन्दा बढी समय लागेको थियो । 

अग्नि नियन्त्रण विभागका अधिकारीले बीबीसीलाई दिएको जानकारी अनुसार ७९ जना अस्पतालमा भर्ना भएका छन् । तीमध्ये १४ को अवस्था नाजुक छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ