arrow

मन्दिरमा हमला, चारको मृत्यु, थुप्रै घाइते, हिन्दूका घर र पसल निशानामा 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज २९ शुक्रबार
hindu-attack-bangladesh.JPG

काठमाडौं । बंगलादेशमा हिन्दू मन्दिरमा भएको हमलामा चार जनाको मृत्यु भएको छ । दर्जनौं घाइते भएका छन् । चटगाउँको कोमिला क्षेत्रमा अवस्थित दुर्गा मन्दिरमा आक्रमण भएको हो । आक्रमण गरेपछि हिन्दूहरुको घर र पसलहरुलाई निशाना बनाएर आक्रमणसमेत गरिएको छ । 

सामाजिक संजालमा मुस्लिमहरुको धार्मिक ग्रन्थ कुरानबारे अफबाह फैलाइएपछि मुस्लिम धर्माबलम्बीहरु आक्रामक भएर हिन्दूहरुमाथि आक्रमण गर्न पुगेका हुन् । पहिले दुर्गा मन्दिरमा आक्रमण भएपछि अन्य क्षेत्रहरुमा पनि हिंसा र तनाव भएको थियो । 

स्थिति सम्हाल्न कयौं क्षेत्रमा सुरक्षाकर्मीलाई हम्मेहम्मे परेको थियो । सुरक्षाकर्मीहरुमाथि समेत आक्रमण भएको छ । त्यसपछि बंगलादेश सरकारले र्यापिड एक्सन बंगलादेश र बोर्डर गार्ड बंगलादेशका सुरक्षाकर्मीलाई सुरक्षाका लागि तैनाथ गरिएको छ । 

२२ जिल्लामा बोर्डर गार्डका जवानहरु राखिएको बताइएको छ । बंगलादेशी प्रधानमन्त्री शेख हसिनाले हिंसामा सामेल भएका कसैलाई पनि नछाड्ने बताएकी छिन् । 

उनले उनीहरुको धर्म जेसुकै भए पनि फरक नपर्ने बताएकी छिन् । बिहीबार बंगलादेशमा दुर्गा पूजा मनाइएको थियो । उक्त क्रममा राजधानी ढाकाको ढाकेश्वरी मन्दिरमा पुगेर उनले हिन्दू समुदायका मानिसहरुसँग छलफल पनि गरेकी छिन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ