arrow

भेनेजुएलाको निर्वाचनमा संयुक्त राष्ट्रसङ्घले  विज्ञहरू पठाउने 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज ३० शनिबार
Venezuela_flag.png
फाइल तस्बिर

संयुक्त राष्ट्रसङ्घ। संयुक्त राष्ट्रसङ्घले भेनेजुएलामा हुन लागेको निर्वाचनका लागि विज्ञहरू पठाउने भएको छ। सो कुरा संयुक्त राष्ट्र सङ्घले बिहीबार जनाएको छ। भेनेजुएलाको सो निर्वाचनमा निर्वाचन अधिकृत, विज्ञहरू पठाउन लागिएको हो। त्यहाँ आगामी महिना आम निर्वाचन हुन लागेको छ।

सो निर्वाचनको प्रक्रियामा नै सहयोग गर्नका लागि उक्त निर्वाचन विज्ञहरूको टिम पठाउन लागिएको बताइएको हो। निर्वाचनको निष्पक्षता र थप सहजताका लागि संयुक्त राष्ट्र सङ्घले विज्ञ पठाउन लागेको हो। संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेर्रेसको प्रेस सचिवालयले सो जानकारी गराएको हो।

सो निर्वाचनका लागि संयुक्त राष्ट्रसङ्घले प्राविधिक सहयोग पनि उपलब्ध गराएको छ। अन्य प्रक्रियागत सहायता गर्दै आएको राष्ट्रसङ्घले आगामी महिनाको सो निर्वाचनका लागि निर्वाचन विज्ञहरू नै पठाउन लागेको हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ