arrow

मस्जिद विस्फोटमा ज्यान गुमाउने ४० नाघे, दर्जनौं घाइते, आईएसले लियो जिम्मा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज ३० शनिबार
afghanistan-killed-20111.jpg

काठमाडौं । अफगानिस्तानको मस्जिदमा भएको विष्फोटमा परेर ज्यान गुमाउनेको संख्या ४० नाघेको छ । दक्षिणी अफगानिस्तानको कान्दाहार शहरको शिया मस्जिदमा शुक्रबारे प्रार्थनाका समयमा भएको विष्फोटमा ठूलो संख्यामा क्षति भएको हो । 

विष्फोटमा परेर दर्जनौं व्यक्ति घाइते भएको बीबीसीले लेखेको छ । घाइतेहरु पनि गम्भीर भएकाले मृतक थप बढ्न सक्ने अस्पताल स्रोतलाई उधृत गर्दै स्थानीय संचारमाध्यमले लेखेका छन् । 

शुरुआतमा १६ जनाको ज्यान गएको थियो भने ९० बढी घाइते भएको जनाइएको थियो । तर त्यो संखया निरन्तर बढ्दै गइरहेको छ । 

उक्त आत्मघाती विष्फोटको जिम्मा इस्लामिक स्टेट समूह (आईएस) ले लिएको छ । 

अफगानिस्तानमा तालिबानले सत्ता कब्जा गरेपछि हिंसाका घटनामा कमी आउने विश्वास गरिएको भए पनि झन् तीव्रता पाएको छ । 

तालिबान सरकारका गृह मन्त्रालयका प्रवक्ता कारी सइद खोस्तीले घटनामा संलग्नको खोजी कार्य भइरहेको बताएका छन् ।

बीबीसीका अनुसार दुई आत्मघाती विष्फोटकहरुले गार्डलाई मारेर मस्दिजको भवनभित्र छिरेर आफैलाई उडाएका थिए । 

अफगानिस्तानमा सुन्नी मुस्लिम र शिया मुस्लिमबीच ठूलै रडाको चल्दै आएको छ । आईएसका सुन्नी मुस्लिमले सियामाथि विगतमा पनि आक्रमण गर्दै आएका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ