arrow

इङ्गल्याण्डका सांसद एम्सको हत्या

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज ३० शनिबार
sir-david-amess.jpg

काठमाडौं । इङ्गल्याण्डका सांसद सर डेभिड एम्सको हत्या भएको छ । पूर्वी इङ्गल्याण्डको एक बैठकमा सहभागी भएको बेलामा छुरा प्रहारबाट एम्सको हत्या भएको हो । ६९ वर्षीय एम्सको आतंकवादीहरुले हत्या गरेको प्रहरीले निस्कर्ष निकालेको बीबीसीले लेखेको छ ।

महानगरपालिका प्रहरीले इस्लामिक आतंकवादी समूहबाट उनको हत्या भएको बताएको हो । घटनामा संलग्न भएको आशंकामा २५ वर्षे इङ्गल्याण्डका युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

प्रहरीले घटनाको बारेमा थप अनुसन्धान गरिरहेको जनाएको छ । प्रधानमन्त्री बोरिस जोनसनले घटनाप्रति दुःख  व्यक्त गर्दै हत्यारालाई कारबाही गर्ने प्रतिवद्धता जनाएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ