arrow

बङ्गलादेशमा हिन्दुमाथि आक्रमणको विश्वव्यापी निन्दा, संयुक्त राष्ट्र सङ्घमा पत्र पुग्यो

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज ३१ आइतबार
BGB.jpg

काठमाडौँ । केही दिन अघि बङ्गलादेशमा हिन्दु मन्दिरमा दुर्गा पूजाको क्रममा हिन्दुमाथि आक्रमण भएको थियो । दुर्गा पूजाको अन्तिम दिन पूजाका क्रममा झन्डै २ सय जना मुस्लिमले गरेको आक्रमणमा करिब सात जनाको ज्यान गएको बताइएको छ । घटनामा करिब ४० जना घाइते समेत भएका छन् ।

मुस्लिम समुदायको बाहुल्यता रहेको बंग्लादेशमा अल्पसङ्ख्यक हिन्दु समुदायमाथि आक्रमण हुँदै आएको आरोप छ । कतिपय घटनामा सरकार समेत मौन रहने गरेको आरोपसमेत रहिआएको छ ।

पछिल्लो पटकको यो घटनालाई लिएर भने अन्तर्राष्ट्रिय समुदायमै बंग्लादेशको निन्दा भइरहेको छ । राजधानीदेखि झन्डै १५७ किलोमिटरको दुरीमा रहेको कोमिला र फेनी सहरमा यो घटना भएको थियो ।

आइतबार अल्पसङ्ख्यक हिन्दु समुदायले आफूहरूमाथिको शोषणविरुद्ध न्यायको माग गर्दै देशव्यापी अनसन बस्ने चेतावनी दिएका छन् । 

बंग्लादेशकी प्रधानमन्त्री शेख हसिना वाजेदले हिन्दुहरूमाथि भएको आक्रमणको घटनामा संलग्न सबैलाई कारबाही गर्ने चेतावनी दिएकी छन् ।

उनले भनेकी थिइन्, ‘कोमिलामा भएको घटनाको बृहत् रूपमा अनुसन्धान भइरहेको छ । जुनसुकै धर्ममा आस्था राख्ने भए पनि घटनाका दोषी उम्कन पाउने छैनन् । दोषीलाई कडा कारबाही हुनेछ ।'

हिन्दु समुदायमाथि भएको आक्रमणको विषय संयुक्त राष्ट्र सङ्घसम्म समेत पुगेको छ । भारतको आसाम प्रदेशको विधान सभा सदस्य कमलाख्य डे पुरकायस्थले संयुक्त राष्ट्र सङ्घलाई पत्र लेखेका हुन् ।

उनले संयुक्त राष्ट्र सङ्घको मानव अधिकार परिषद् शाखा कार्यालयमा पत्र लेख्दै बंग्लादेशमा हिन्दुमाथि भइरहेको ज्यादतीमाथि हस्तक्षेप गर्न आग्रह गरेका हुन् ।

मुस्लिम समुदायले दुर्गा पूजाका क्रममा कुरानको अपमान गरेको एक कथित सामाजिक सञ्जालको पोस्टलाई लिएर हिन्दु समुदायमाथि आक्रमण सुरु गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ