arrow

मंगलवार पुनः माओवादी स्थायी समिति बैठक बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक १ सोमबार
maoist-cpn.jpg

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को स्थायी समितिको बैठक पुनः मंगलवार बस्दैछ । मंगलवार बिहान ८ बजे पुनःस्थायी समिति बैठक बस्ने कृष्णबहादुर महराले जानकारी दिए । सोमवार बसेको स्थायी समितिको बैठकमा पार्टीको आगामी सम्मेलनका बारेमा छलफल भएको थियो ।
 
'पार्टीको राष्ट्रिय सम्मेलन, प्रदेश तथा स्थानीय सम्मेलन, पार्टी सदस्यता नवीकरण तथा विभाग गठनका बारेमा बैठकमा विषय प्रवेश भएको छ', उनले भने । बैठकमा पार्टी सुदृढीकरणका विषयमा छलफल भए पनि निष्कर्षमा नपुगेको र भोलि बिहान ८ बजे पुनःस्थायी समिति बैठक बस्ने उनले जानकारी दिए ।
 
पार्टी एकतामा आएका सबै सहयोद्धाको जिम्मेवारीसम्बन्धी एजेण्डा बैठकमा प्रवेश भएको र भोलि निर्णय हुने उनले बताए । पार्टी एकढिक्का भएर मुलुक र जनताका पक्षमा उभिएको तथा पार्टीभित्र कुनै खटपट नरहेको उनले प्रष्ट पारे । 

'बैठकमा सबै विषयमा खुलारुपमा छलफल भएको छ, निर्णय मात्र हुन नसकेको हो', उनले भने ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ