arrow

सुदूरपश्चिममा भारी वर्षा : दार्चुलामा हिमपात सुरु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक १ सोमबार
darchula-snow.jpg

दार्चुला । पश्चिमी वायुको प्रभावले आइतवरदेखि सुदूरपश्चिममा भारी वर्षा तथा हिमपात भइरहेको छ । यस्तै दार्चुलाको उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात सुरु भएको छ । 

व्याँस गाउँपालिका–१ तिंकरमा भारी हिमपात भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । आइतबार रातिदेखि भइरहेको वर्षाका कारण तिंकर गाउँमा अढाई फिट हिउँ परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक माधव विश्वकर्माले जानकारी दिए । 

तिंकर प्रहरी चौकीका अनुसार सो क्षेत्रमा सोमवार बिहानैबाट हिमपात भइरहेको छ । चिसोका कारण असोज ३० गतेबाटै खानेपानीको पाइप जाम भएर पानीको आपूर्ति हुन नसकेको प्रहरीले जनाएको छ । भारी हिमपात भएपछि त्यहाँको जनजीवन कष्टकर बनेको छ । 

तिंकरमा हिमपात भएपछि सदरमुकाम खलङ्गा लगायतका स्थानमा अत्यधिक चिसो बढेको छ । आंशिक सिँचाई सुविधा भएको क्षेत्रका मानिसहरू भने थोरै भए पनि वर्षाले राहत पुगेको भन्दै खुसी भएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ