arrow

अफगानिस्तानमा १४ महिनादेखि तलब नपाएका चिकित्सकहरूद्वारा तलबको माग गर्दै प्रदर्शन

logo
एजेन्सी,
प्रकाशित २०७८ कार्तिक १ सोमबार
afghan-doctors.jpg

काबुल। अफगानिस्तानमा विगत १४ महिनादेखि तलब नपाएका सामंगान र नुरिस्तान प्रान्तका सयौँ पुरुष र महिला डाक्टरहरू काबुलमा यूएएएमए गेटमा भेला भएर आफ्नो तलब माग गरेका छन्।

उनीहरूले विश्व बैङ्कलाई विगत १४ महिनाको तलब दिन आग्रह गरेका छन्। आन्दोलनमा रहेका चिकित्सकहरूले तलब मात्र नपाएको होइन, आ-आफ्नो प्रान्तका क्लिनिकहरूमा औषधिको पनि चरम अभाव भएको बताएका छन्।

आन्दोलनकारीहरूले विश्व बैङ्कका एक अफगान ठेकेदार असद फयाजलाई आरोप लगाएका छन्। फयाजले विश्व बैङ्कबाट पैसा लिए पनि चिकित्सकहरूलाई तिरेका छैनन्।

उनीहरूले फयाजको प्रान्तहरूमा दुई वर्षको स्वास्थ्य सेवामा अनुबन्ध रहेको र उनीहरूले स्वास्थ्य सेवा, औषधि र डाक्टरहरूको तलब प्रदान गर्दै आएका थिए।

'असद फयाज अफगानिस्तानबाट भागेर हाम्रो पैसा चोरेका छन्। उनी एक भ्रष्ट फर्मको नेतृत्व गर्दै थिए र सामंगान र नुरिस्तान प्रान्तमा बच्चाहरू र आमाहरूको मृत्युदरमा वृद्धि भएको छ,'एक प्रदर्शनकारीले भने।

डाक्टरहरूले एक विज्ञप्ति जारी गर्दै अफगानिस्तानको इस्लामी इमिरातको विश्व बैङ्कसँग कुनै सम्बन्ध नभएको र पैसा माग्ने गरेको बताएका छन्। बैङ्कलाई अफगानिस्तानको स्वास्थ्य मन्त्रालय वा अन्य गैरसरकारी संस्थाहरूको माध्यमबाट सीधै आफ्नो पैसा तिर्न माग गरेका छन्। 

यसैबीच, डाक्टरहरूले आफ्नो तलब नदिए आन्दोलन जारी राख्ने चेतावनी दिएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ