arrow

पछिल्लो २४ घण्टामा कहाँ कति वर्षा ? 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २ मंगलबार
dhan-duban.jpg

काठमाडौं । हिले दशैं मनाएका नेपालीहरुले मनसुन सकिइसके पनि वर्षाको पीडा खेप्नु परेको छ । मनसुन सकिएको केही दिनमै अहिलेसम्मकै बढी वर्षा भएको छ । 

हाल बंगालको खाडीमा र मध्य भारतमा रहेका (उत्तरतिर सर्दै गरेको) न्यून चापिय प्रणालीहरु र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव नेपालमा रहेको छ । 

बेमौसमी वर्षाका कारण अबौंको बाली भित्र्याउन ठिक्क परेका किसानले ठूलो क्षति बेहोर्नु परेको छ । खेतमै धान डुबेको छ । अन्य बालीसँगै फलफूल र तरकारीमा ठूलो नोक्सानी भएको छ । सडक खण्डहरु अवरुद्ध भएका छन् । 

पछिल्लो २४ घण्टामा देशैभर वर्षा भएको छ । वर्षा हुने क्रम बिहीबारसम्म नै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौं उपत्यकामा चिसोसमेत बढेको छ । 

मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा सबैभन्दा बढी दिपायलमा १८७.५ मिलिमिटर वर्षा भएको छ । त्यस्तै धनगढीमा १४०.२ मिलिमिटर वर्षा भएको छ ।

त्यस्तै घोराहीमा ९०.२, भैरहवामा ७६.३, वीरेन्द्रनगरमा ८४.४, जुम्लामा ६८.६, विराटनगरमा ६७.२ तथा पोखरामा ६७ मिलिमिटर वर्षा भएको छ । 

त्यस्तै धनकुटामा ४७.५, जनकपुरमा ४२.४, ओखलढुङ्गामा २७.१, नेपालगञ्जमा २५, सिमरामा १४, ताप्लेजुङ्गमा ७.५ तथा ३.६ मिलिमिटर वर्षा भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ