arrow

तीन चिनियाँ कम्पनीद्वारा पाकिस्तान स्टिल मिल पुनर्जीवित गर्न इच्छुक

logo
एजेन्सी,
प्रकाशित २०७८ कार्तिक २ मंगलबार
steel-china-usa.jpg

बेइजिङ। चीनको मेटलर्जिकल कर्पोरेसन (एमसीसी) लगायत तीन चिनियाँ कम्पनीले पाकिस्तानको सबैभन्दा ठुलो इस्पात उत्पादन कम्प्लेक्स पाकिस्तान स्टिल मिल (पीएसएम) लाई पुनर्जीवित गर्न इच्छा व्यक्त गरेका छन्।

स्थानीय अर्थव्यवस्थालाई बढवा दिने र सामाजिक कल्याणमा सुधार गर्न मद्दत गर्नुका साथै चीन र पाकिस्तानबीच आर्थिक सहयोग बढाउनमा एक मोडेल व्यवसाय सुरु गर्नका लागि एमसीसी तयार भएको बताइएको छ। 

फलाम र इस्पात उद्योगमा एक सरकारी स्वामित्व भएको कम्पनी एमसीसी पाकिस्तानमा व्यापार र परियोजनाहरू सञ्चालन गर्नको लागी प्रारम्भिक चिनियाँ कम्पनीहरूमध्ये एक हो। १९९० मा एमसीसीले इन्जिनियरिङ, खरिद र निर्माण अनुबन्धको आधारमा सैन्दाक कपर-गोल्ड माइनको निर्माणको प्रबन्ध मिलाएको बताइएको छ।

सैयन्डक कपर-गोल्ड माइनले लगातार १८ वर्षसम्म स्थिर मुनाफा कमाएको छ। स्थानीय अर्थव्यवस्थाको एक प्रमुख स्रोत बनेको र "चीन-पाकिस्तान आर्थिक सहयोगको एक मोडेल" को रूपमा दुवैतिरका सरकारद्वारा प्रशंसा गरिएको छ। एमसीसीका अध्यक्ष गुओ वेनकिङले प्रधानमन्त्री इमरान खानलाई भेटेर ऊर्जा, औद्योगिक र अन्य विभिन्न क्षेत्रमा सहयोग र संयुक्त उद्यमको सम्भावनाबारे छलफल गरेका थिए।

पाकिस्तानको निजीकरण आयोगका स्रोतहरूले यसअघि भनेका थिए कि सरकारले पीएसएमलाई पुनर्जीवित गर्न वर्षको अन्त्यसम्म कम्तीमा १ अर्ब डलरको विदेशी लगानीको अपेक्षा गरेको छ। रसियाका लगानीकर्ताहरूले पनि कन्सोर्टियमको एक भागको सञ्चालनमा रुचि देखाइरहेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ