arrow

चीनको आर्थिक वृद्धिदर घट्यो 

ऊर्जा, ढुवानी र रियल स्टेटका क्षेत्रमा सङ्कट

logo
एजेन्सी,
प्रकाशित २०७८ कार्तिक २ मंगलबार
xijingping.jpg
फाइल तस्बिर

काठमाडौँ । चीनको त्रैमासिक आर्थिक वृद्धिदर घटेको छ। गत वर्षको तुलनामा जुलाई देखि सेप्टेम्बरसम्मको आर्थिक वृद्धिदर ४.९ प्रतिशतमा सिमित रहेकाे हाे। तेस्रो त्रैमासिकमा चीनको आर्थिक वृद्धिदर लक्ष्य (५.२ प्रतिशत) भन्दा पनि मुनि झरेको हो। यसअघिको दोस्रो त्रैमासिकमा चीनको आर्थिक वृद्धिदर ७.९ प्रतिशत रहेको थियो। पहिलो त्रैमासिकमा चीनको आर्थिक वृद्धिदर १२.७ प्रतिशतले बढेको थियो।

सोमबार चीनको राष्ट्रिय तथ्याङ्क विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार औद्योगिक उत्पादन ३.१ प्रतिशतले बढेको छ। जुन कि लक्ष्य ४.५ प्रतिशत रहेको थियो। विभागका प्रवक्ता फु लिंगघुइले अर्थतन्त्रमा चुनौती बढेको बताएका छन्।

चीनमा हालै ऊर्जा सङ्कटले व्यापक समस्या सिर्जना गरेको थियो। यस्तै चीनमा ढुवानी क्षेत्रमा समेत ठुलो घाटा लागेको छ। रियल स्टेटका क्षेत्रमा समेत समस्या निम्तिएको छ। यी यावत कारणले चीनको आर्थिक वृद्धिदर घटेको हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ