arrow

बझाङको थलारामा पहिराले ७ घर पुरिए, २३ जना बेपत्ता

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २ मंगलबार
bajhang-landslide-pahiro.JPG
बझाङको थलारा गाउँपालिका–४ डिक्लाको शीतल भन्ने ठाउँमा झरेको पहिरो । पहिरोमा परी २३ घर क्षति भएको छ । तस्बिरः रमेश केसी

बझाङ । यहाँको थलारा गाउँपालिका वडा नं ४ डिख्लामा गए राति पहिरो जाँदा २३ जना बेपत्ता भएका छन् । गाउँभन्दा माथिको ढोगदिना भन्ने ठाउँबाट पहिरो खस्दा दुई गाउँका स्थानीय विस्थापित भएका छन् भने भने सात घर पुरिएका छन् । 

बेपत्ता हुनेमा गगने सार्कीका एकै घरका १८ जना र नरे पार्कीका घरका पाँच जना रहेका छन् । गगने सार्की रोजगारीका लागि भारतमा छन् । उनका माइला छोरा काले सार्की मात्र सकुशल छन् । 

तल्लो डिख्ला र माथिल्लो डिख्ला गाउँका स्थानीय विस्थापित भई त्रिभुवन मा.वि महेन्द्रधारमा बसेका छन् । गाउँ पहिराको जोखिममा परेपछि सयभन्दा बढी परिवार विस्थापित भई आफन्त र नजिकैको विद्यालयमा बसिरहेको शान्ति मा.वि पाराकाट्नेका शिक्षक मदनबहादुर साउँदले बताए । सुदूरपश्चिमका पहाडी जिल्लामा सञ्चार सेवा अवरुद्ध हुँदा थप विवरणका लागि सम्पर्क हुन सकेको छैन । 

बाढीले सडक अवरुद्ध भएको र नेटवर्क नहुँदा समयमै खबर नपाएकोले उद्धारमा समस्या भइरहेको स्थानीयले बताएका छन् । उनीहरूले पहिरामा परेर बेपत्ता भएको भन्ने खबर आएको तर लगातारको वर्षाले बाटो अवरुद्ध भएकाले सो घटनास्थलसम्म जान नसकिएको बताएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ