arrow

बाढी पहिरोबाट हुम्लाको खार्पुनाथमा घर पुरिँदा छ  जना बेपत्ता 

logo
जनकबहादुर शाही, 
प्रकाशित २०७८ कार्तिक ३ बुधबार
pahiroi.jpg
तस्वीर–फाइल ।

हुम्ला । लगातारको वर्षाका  कारण पहिरो आउँदा हुम्ला जिल्लाको खार्पुनाथ ५ खर्पेल गाउँमा एक घर पुरिँदा  ६ जना बेपत्ता भएका छन् । खार्पुनाथ गाउँपालिका वडा नं ५ खर्पेगाउस्थित बिचदउडामा रहेको धनविरे शाहीको घरमा पहिरो खस्दा उनीसहित कलबहादुर शाही, आशा शाही र  उनका ११, ५ र ३ वर्षीय छोरासहित ६ जना पहिरोमा पुरिएर बेपत्ता भएका हुन । 

घर पछाडिबाट आएको पहिरोले घर पुरिँदा एकै घरका ६ जना बेपत्ता भएको खार्पुनाथ ५ खर्पेल गाउँका स्थानीय हर्क शाहीले जानकारी दिए । मंगलबार राति ८ बजे पहिरोले पुरेकाले उद्धारमा समस्या भएको उनले बताए । बुधबार बिहानैदेखि स्थानीय उद्दारमा जुटेका छन् । 

लगातार वर्षा र राति भएकाले मंगलबार घटनास्थलमा सदरमुकाम सिमकोटबाट सुरक्षाकर्मी जान नसकिने र घटनास्थल नजिकै रहेको याङचु प्रहरी चौकी वर्षाका कारण सम्पर्क हुन नसकेकाले बुधबार बिहानमात्र जिल्लाबाट उद्धारका लागि संयुक्त सुरक्षा टोली पठाउने हुम्ला प्रहरी प्रमुख डीएसपी हेरम्भ शर्माले बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ