arrow

हुम्लाको खार्पुनाथमा बेपत्ता एकै परिवारका छ जनाको मृत्यु

logo
जनकबहादुर शाही, 
प्रकाशित २०७८ कार्तिक ३ बुधबार
pahiro-ghar3.jpg
तस्वीर–फाइल ।

हुम्ला । अविरल बर्षाबाट हुम्ला जिल्ला खार्पुनाथ गाउँपालिका ५ खर्पेल गाउँमा मंगलबार राति आएको पहिरोमा परी एकै परिवारका ६ जनाको मृत्यु भएको छ । एकै परिवारका धनविरे शाही, कलबहादुर शाही, कलबहादुरकी श्रीमती आशा शाही तथा उनीहरुका ११, ५ र ३ वर्षीय २ छोरा सहित ६ जनाको ज्यान गएको हो । 

उनीहरु मंगलबार राति ८ बजे आएको पहिरोमा परी बेपत्ता भएका थिए । राति भएका कारणले उद्दार हुन सकेको थिएन । घर पछाडिबाट आएको पहिरोले घर पुरिँदा उनीहरुको उद्दारमा कठिनाई भएको स्थानीय हर्क शाहीले जानकारी दिए ।

रातमा पुरेकाले उद्दारमा समस्या भएको र बुधबार बिहानै उद्दारमा जुट्दा उनीहरुलाई जिवितै उद्दार गर्न नसकिएको शाहीले बताए । 

लगातार वर्षा र राति भएकाले मंगलबार घटनास्थलमा सदरमुकाम सिमकोटबाट सुरक्षाकर्मी जान नसकिने र घटनास्थल नजिकै रहेको याङचु प्रहरी चौकी वर्षाका कारण सम्पर्क हुन नसकेकाले बुधबार बिहानमात्र जिल्लाबाट उद्धारका लागि संयुक्त सुरक्षा टोली पठाइएको हुम्ला प्रहरी प्रमुख डीएसपी हेरम्भ शर्माले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ