arrow

जलवायु परिवर्तन : आउँदो दशकमा जीवाश्म इन्धनको उत्पादन झनै बढ्ने

logo
एजेन्सी,
प्रकाशित २०७८ कार्तिक ३ बुधबार
temperature.jpeg

काठमाडौँ। विभिन्न राष्ट्रहरूले आउँदा वर्षमा जीवाश्म इन्धन निकाल्ने योजनाहरू वैश्विक तापमान बढ्न नदिने सम्झौतासँग असङ्गत रहेका संयुक्त राष्ट्र सङ्घको एक रिपोर्टले देखाएको छ। विभिन्न देशहरूले १.५ डिग्री सेन्टिग्रेड तापक्रमको सीमा नाघ्न नदिन आवश्यक रहेको भन्दा दोब्बर जीवाश्म इन्धन उत्पादन गर्ने संयुक्त राष्ट्र सङ्घको वातावरणीय कार्यक्रमको उत्पादन अन्तर रिपोर्टले जनाएको हो।

तेल र ग्याँस उत्पादनमा भारी वृद्धि हुने र कोइलाको उत्पादन मात्रै केही हदसम्म घट्ने रिपोर्टमा उल्लेख छ । कोप२६ जलवायु सम्मेलन आउनै लागेका बेला यो नयाँ रिपोर्ट सार्वजनिक भएको हो।

कार्बन उत्सर्जन शून्यमा झार्न लक्ष्य राखे पनि सबैभन्दा बढी उत्सर्जन गर्ने मुलुकहरूले कसरी कार्बन उत्सर्जन घटाउने भन्ने योजनाहरू भने बनाएको देखिँदैन।

हालै सार्वजनिक आईपीसीसीको एक रिपोर्टले यो शताब्दीमा वैश्विक तापक्रम १.५ डिग्री सेन्टिग्रेड भन्दा बढ्न दिएमा मानव जातिका लागि ठुलो सङ्कट उत्पन्न हुने जनाएको थियो। यो आँकडा अर्थात् १.५ डिग्री सेन्टिग्रेडभन्दा तापक्रम बढ्न नदिन सन् २०३० सम्म कार्बन उत्सर्जन ४५ प्रतिशतले घट्नु पर्नेछ।

तर, सबैभन्दा बढी कार्बन उत्सर्जन गर्ने देशहरूले नै यसका लागि वृहत् योजना बनाएका छैनन् भने बनेका योजनाहरू राम्रोसँग कार्यान्वयन भएका छैनन् ।

यसबीच आउँदो दशकमा जीवाश्म इन्धनको प्रयोग झनै बढ्ने देखाएको यो नयाँ रिपोर्टले जलवायु परिवर्तन रोक्नका लागि झन् ठुलो चुनौती सिर्जना हुनेतर्फ सङ्केत गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ