arrow

पाकिस्तानको प्रोक्सी युद्ध रोक्नका लागि विश्व समुदायलाई अफगानी महिलाको आग्रह

logo
एजेन्सी,
प्रकाशित २०७८ कार्तिक ३ बुधबार
khalida-nawabi-afghanistan-activist.jpg

वासिङ्टन। अफगानिस्तानका महिला अधिकारकर्मीले अफगानिस्तानमा आफ्नो प्रोक्सी युद्ध रोक्नका लागि पाकिस्तानलाई आग्रह गरेकी छन्। पाकिस्तानको प्रोक्सी युद्धको आलोचना गर्दै उनले क्षेत्रीय शान्ति र अफगानिस्तान मामिलामा हस्तक्षेप रोक्न विश्व समुदायसँग सहयोगसमेत माग गरेकी हुन्।

अफगानी महिला अधिकारकर्मी खालिदा नवाबीले विश्व शक्तिहरूले पाकिस्तानको तालिबानसँगको योजना रोक्न नसके ९/११ भन्दा नराम्रो परिणाम भोग्नुपर्नेसमेत चेतावनी दिएकी छन्।

भर्जिनियामा 'अन्तर्राष्ट्रिय बालिका दिवस' मा अफगान महिला र बाल अधिकारका कार्यकर्ताहरूसँग खालिदाले "सेभ अफगान गर्ल्स" शीर्षकमा भएको एक गोलमेच छलफलमा भाग लिँदै यस्तो बताएकी हुन्। उनले पाकिस्तान र तालिबान अफगान महिलाहरूको दयनीय अवस्थाका लागि जिम्मेवार भएको ठहर गरेकी छन्। 

"अक्टोबर ११ (अन्तर्राष्ट्रिय बालिका दिवस) मा अफगानिस्तानमा अघिल्ला वर्षहरूमा मनाइयो तर यो वर्ष होइन। यो अधिकार तालिबानले खोसेको छ, जुन पाकिस्तान र यसको आईएसआईद्वारा प्रायोजित र समर्थित छ," खालिदाले भनिन्।

अफगानिस्तानकी महिला कार्यकर्ताले तालिबानलाई समर्थन गरेर  पाकिस्तानले अफगान महिला र बालिकाहरूको अधिकार हनन गरेको आरोप लगाएकी छिन्। उनले भनिन्, "निस्सन्देह, उनीहरू (पाकिस्तान) चाहन्छन् कि उनीहरूको आफ्नै देशमा प्रयोग गर्न पाउने सबै अधिकार हो, तर उनीहरू विद्यालय जाने महिलाहरूको अधिकार, काममा जाने अधिकारहरूमा प्रतिबन्ध लगाइएको छ।"



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ