arrow

कोरोना भाइरस : डेल्टाको उप-भेरिअन्ट इङ्गल्यान्डमा फैलियो, १५ प्रतिशत बढी सङ्क्रामक

logo
एजेन्सी,
प्रकाशित २०७८ कार्तिक ३ बुधबार
corona.jpg
फाइल तस्बिर

काठमाडौँ । इङ्गल्यान्डमा डेल्टा भेरिअन्टको उप-भेरिअन्टको सङ्क्रमण बढ्न थालेको छ। एवाई.फोर.टु (AY. 4.2) नाम दिइएको डेल्टा भेरिअन्टको नयाँ उत्परिवर्तन स्वरूप झन् बढी सङ्क्रामक देखिएको छ।

बुधवार इजरायलमा समेत डेल्टा भेरिअन्टको उप-भेरिअन्ट फेला परेको छ। युरोपबाट इजरायल पुगेका ११ वर्षीय बालकमा डेल्टा भेरिअन्टको उप-भेरिअन्टको सङ्क्रमण देखिएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको हो।

अहिले बेलायतका थपिन लागेको नयाँ सङ्क्रमितमध्ये झन्डै १० प्रतिशतमा यो नयाँ भेरिअन्टको सङ्क्रमण भइरहेको देखिएको छ। डेल्टा भेरिअन्टको उप-भेरिअन् १० देखि १५ प्रतिशत बढी सङ्क्रामक देखिएको छ ।  विश्वविद्यालय कलेज लन्डनका आनुवंशिक संस्थानका निर्देशक, फ्रान्कोइस बलक्सले नयाँ भेरिअन्ट झनै बढी सङ्क्रामक भएको बताएका छन् । बेलायती स्वास्थ्य सुरक्षा एजेन्सीका वैज्ञानिकहरूले योलगायतका अन्य चार भेरिअन्टमाथि अध्ययन गरिरहेका छन् ।

विश्व स्वास्थ्य संगठन नेतृत्वको टोलीले यसमाथि अध्ययन गरेर यो भेरिअन्टलाई अन्यलाई जस्तै नयाँ नाम दिनेछ। केही विज्ञहरूले डेल्टा भेरिअन्टको उप-भेरिअन्ट (AY. 4.2) को सङ्क्रमण आउँदा महिनामा झनै बढ्न सक्ने चिन्ता व्यक्त गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ