- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । अमेरिकी अनुसन्धानकर्ताहरुले मानिसमा सुँगुरको मिर्गौला प्रत्यारोपणको सफल परीक्षण गरेका छन् । उनीहरूले सुँगुरको मिर्गौला मानिसको शरीरमा जोडेका थिए र झन्डै दुई दिनसम्म उक्त मृगौलाले काम गरेको हो ।
सुँगुरहरूलाई मानिसको अङ्ग प्रत्यारोपणका लागि हेरिँदै आएको छ । तर, उनीहरूको कोसीकामा हुने सुगरका कारण मानिसको शरीरले सुँगुरको अङ्ग अस्वीकार गर्छ ।
यद्यपि, यो मिर्गौला भने आनुवंशिक सम्पादन अर्थात् जिन-सम्पादन गरिएको सुँगुरबाट लिएको थियो । अमेरिकी एनवाईयु लंगोनी हेल्थका सर्जनहरूले मस्तिष्क मृत भएकी एक महिलाको शरीरमा सुँगुरको मिर्गौला परीक्षण गरेका हुन् ।
अंग दान गर्ने इच्छा र परिवारकाे सहमतिमा ती मृत महिलाकाे शरिरमा याे परीक्षण भएकाे हाे ।
मिर्गौलाले दुई दिनसम्म फोहर छानेर पिसाब उत्पादन गरेको उनीहरूले बताएका छन् । विश्वभर लाखौँ मानिसहरू मिर्गौला प्रत्यारोपणका लागि पर्खिरहेको अवस्थामा आउँदा वर्षमा यो क्षेत्रको सफलतालाई बिशेषरुपमा हेरिएको छ ।
परीक्षणमा संलग्न मिनेसोटा विश्वविद्यालय मेडिकल स्कुलका डा. एन्ड्रयू एडम्सले प्रत्यारोपण सफल भएको बताएका छन् ।
जनावरहरूको अङ्ग मानिसमा प्रत्यारोपणको सपनाको सुरुवात सत्रौँ शताब्ददेखि नै भएको हो । त्यति बेला जनावरको रगत मानिसमा परीक्षण सुरु भएको थियो । बिसौँ शताब्दीमा पुराना प्रजातिका बाँदरको अङ्ग मानिसमा प्रत्यारोपणको परीक्षण सुरु भएको थियो ।
बेबी फे नामकी एक बालिका बाँदरकै मुटुले २१ दिनसम्म जीवित रहेकी थिइन् । सुँगुरको मुटुको भल्भ समेत मानिसमा सफलरुपमा प्रयोग गरिएको छ । रगत पातलो गर्न प्रयोग हुने हेपरिन पनि सुँगुरकै आन्द्राबाट निकालिन्छ ।