arrow

सांसदहरूको अन्तर्राष्ट्रिय सञ्जालको बोर्ड सदस्यमा निर्वाचित भए गगन थापा

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७८ कार्तिक ३ बुधबार
gagan-thapa-congress.jpg
फाइल तस्बिर

काठमाडौँ। विभिन्न देशका सांसदहरूको अन्तर्राष्ट्रिय सञ्जालको बोर्ड सदस्यमा नेपालका सांसद गगनकुमार थापा निर्वाचित भएका छन् । विश्व बैङ्क र अन्तर्राष्ट्रिय मुद्रा कोष सम्बन्धी अन्तर्राष्ट्रिय सञ्जालको बोर्ड सदस्यमा थापा सन् २०२१ देखि २०२३ का लागि निर्वाचित भएका हुन । 

बोर्ड सदस्यका रूपमा विश्वका १४० भन्दा बढी देशका सांसदहरू रहनेछन् । सो समूहले समावेशी विकासका लागि काम गर्ने बताइएको छ । 
थापाले यस अवसरलाई आफूले सिक्ने, सम्बन्ध विस्तार गर्ने र सक्दो योगदान गर्ने मौकाको रूपमा उपयोग गर्ने बताए । उनले सांसदहरूको अन्तर्राष्ट्रिय सञ्जालको अग्रपङ्क्तिका लागि निर्वाचित भएको खबरले आफूलाई उत्साही बनाएको समेत बताएका छन् । 

नेपाली काँग्रेसबाट उम्मेदवार भई काठमाडौँको क्षेत्र नं. ४ बाट उनी प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए । थापा अहिले तेस्रो पटक सांसद भएका हुन । पहिलो पटक समानुपातिक प्रणाली मार्फत निर्वाचित बनेका उनी भने दुई पटक प्रत्यक्ष निर्वाचित बनेका थिए । 

थापाले दुई वर्ष अगाडि छात्रवृत्ति प्राप्त गरी अमेरिकास्थित हार्वर्ड विश्वविद्यालयमा पनि केही समय अध्ययन गरेका थिए।  त्यति बेला उनीसँगै विभिन्न देशका शीर्ष नेताहरूले समेत अध्ययन गरेका थिए।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ