arrow

'बधाई हो भारत', लगायो एक अर्ब बढी खोप

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक ४ बिहिबार
india vaccine.jpg

काठमाडौँ । भारतले कोरोना भाइरस (कोभिड-१९) विरुद्धको एक अर्ब भन्दा बढी खोप लगाएको छ । बिहीबार भारतले एक अर्ब डोज खोपको आँकडा पार गरेको हो ।

यो अवसरमा भारतीय स्वास्थ्य मन्त्री मनसुख माण्डवियाले 'बधाई हो भारत' भन्दै सामाजिक सञ्जाल ट्विटरमार्फत खुसी व्यक्त गरेका छन् ।

उनले भारतले उल्लेख्य मात्रामा खोप लगाउनु ​'दूरदर्शी प्रधानमन्त्री नरेन्द्र मोदीको समर्थन नेतृत्वको प्रतिफल' भएको बताएका छन् । 

खोप अभियान सुरु भएको  ९ महिनामै भारतले १ अर्ब डोज खोप लगाएको हो । भारतले १०० करोडको खोपको कीर्तिमान बनाएसँगै प्रधानमन्त्री मोदी दिल्लीको आरएमएल अस्पतालमा पुगेका छन् ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ