arrow

पाकिस्तानमा बौद्ध सम्पदाहरू ध्वस्त पार्न थालिएपछि श्रीलङ्का आक्रोशित

logo
एजेन्सी,
प्रकाशित २०७८ कार्तिक ४ बिहिबार
sri-lankan-buddhists.jpg
तस्बिर : रोएटर्स

इस्लामावाद। पाकिस्तानमा बौद्ध सम्पदा स्थलहरू ध्वस्त पार्न थालिएपछि श्रीलङ्का आक्रोशित बनेको छ। श्रीलङ्काले पाकिस्तानको बौद्ध सम्पदा विनाश गर्ने अभियानले दुई राष्ट्रबीचको द्विपक्षीय सम्बन्धलाई असर गर्ने चेतावनीसमेत दिएको छ।

पाकिस्तानका ऐतिहासिक कालदेखिका बौद्ध स्थलहरूमा रहेका गुम्बा र स्तूपहरू, बुद्धका मूर्तिहरू, विशेष गरी स्वात्त उपत्यकामा रहेका संरचनाहरू भत्काइएको इस्लाम खबरले जनाएको छ।

चिनियाँ अनुदानमा बन्न लागेको दीमेर-भासा बाँध परियोजनाको जलविद्युत संयन्त्र निर्माण गर्नुपर्ने भन्दै उक्त क्षेत्रका संरचनाहरू भत्काउन लागिएको र पाकिस्तान प्रशासित काश्मीर (पीओके) को गिलगट-बाल्टिस्तान क्षेत्रमा रहेका ३० हजार बौद्ध मूलका शिलालेख र हस्तकलाहरू पनि विनाश गरिएको जनाइएको छ।

२०२० मा, पाकिस्तानको उत्तर-पश्चिमी प्रान्त खैबर पख्तुनख्वामा केही पाकिस्तानीले १७ सय वर्ष पुरानो मूर्ति भत्काएका थिए। मूर्तिको अपमान गरेको भन्दै व्यापक आलोचना भएको थियो। इस्लाम खबरका अनुसार भत्किएको भिडियो सामाजिक सञ्जालमा भाइरल भयो।

जबकि नागरिक समाजका कार्यकर्ता र मानवअधिकार कार्यकर्ताहरूले चिन्ता व्यक्त गरेका छन्। धेरै पाकिस्तानी नागरिकहरूले सोदुर्भाग्यपूर्ण कार्यको समर्थन गरेका थिए। रावलपिण्डीका एक बासिन्दा उमर उस्मानीले यस अपमानजनक कार्यलाई इस्लामको शिक्षासँग जोड्दै स्वागत गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ