arrow

सिन्ध समूहले जबरजस्ती बेपत्ता पारिएकाहरूको बारेमा राष्ट्रसङ्घीय कार्यदलसँग गर्‍यो छलफल

logo
एजेन्सी,
प्रकाशित २०७८ कार्तिक ४ बिहिबार
pakistan-map-new-india-incl.jpg

वासिङ्टन। वर्ल्ड सिन्धी काँग्रेस (डब्ल्यूएससी) ले संयुक्त राष्ट्रको कार्यदलसँग जबरजस्ती बेपत्ता पारिएका व्यक्तिहरूको विषयमा छलफल गरेको छ।पाकिस्तानको सिन्ध प्रान्तमा जबरजस्ती बेपत्ता पारिएका व्यक्तिहरूको पछिल्लो अवस्थाबारे छलफल भएको हो। डब्ल्यूएससीले एक विज्ञप्तिमार्फत भनेको छ, युवाहरूलाई उनीहरूको घरबाट अपहरण गरिएको छ र उनीहरूलाई जेलमा राख्न झूटा आरोप लगाएर राज्यले महिनौँपछि सार्वजनिक गर्ने गरेको छ।

बैठक सेप्टेम्बर २९ मा भएको थियो। डब्लूएससीका अध्यक्ष सैयद जैन शाहले यो मुद्दा लामो समयदेखि उठाएको र यस विरुद्ध बहरिया टाउनमा लोकतान्त्रिक ढङ्गले प्रदर्शन आयोजना गर्न आतङ्कवादको मुद्दा दर्ता गरिएको बताइएको छ। उनले बेपत्ता सिन्धी व्यक्तिहरूको मामलामा अनुगमन जारी राख्न प्रतिबद्धताका लागि राष्ट्रसङ्घीय कार्यदललाई धन्यवाद दिएका छन्। 

वर्ल्ड सिंधी काँग्रेस युएसएका निर्देशक डा. सगीर शेखले सिन्धमा जबरजस्ती बेपत्ताहरूको वर्तमान स्थिति र पाकिस्तानले अल्पसङ्ख्यक समुदायलाई चुप पार्न अपहरण एक उपकरणको रूपमा प्रयोग गरेको बताएका छन्। अनगिन्ती अपहरितहरू मारिएका र उनीहरूमध्ये धेरै अझै सेनाको गोप्य कक्षहरूमा अमानवीय यातनाको सामना गरिरहेको बताइएको छ। 

इस्लामावादले आफ्नो देशका धार्मिक अल्पसङ्ख्यकहरू विरुद्ध भेदभाव गर्दै आएको र लक्षित हिंसा, सामूहिक हत्या, न्यायिक हत्या, अपहरण, बलात्कार, जबरजस्ती इस्लाम धर्मान्तरण, पाकिस्तानी हिन्दु, इसाई, सिख, अहमदिया र सियाको विभिन्न समुदायहरूमाथि भइरहेको ज्यादती रोक्न कुनै पहल गरेको छैन।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ