arrow

बेलायतमा सङ्क्रमणको ग्राफ बढ्दै

एकै दिन करिब ५० हजार जना सङ्क्रमित, हिँड्डूलमा प्रतिबन्ध लगाउन सुझाव

logo
एएफपी,
प्रकाशित २०७८ कार्तिक ४ बिहिबार
corona-test-england.jpg
फाइल तस्बिर

लण्डन। बेलायतमा कोरोनाबाट एकै दिनमा करिब ५० हजार जना सङ्क्रमित भएका छन्। प्राप्त समाचारअनुसार गएको २४ घन्टायतामात्र यहाँ थप ४९ हजार १३९ जना कोरोना सङ्क्रमित भएका छन्। यहाँ तीन महिनापछि पछिल्लो २४ घण्टामा यति धेरै सङ्ख्यामा सङ्क्रमित भेटिएका बताइएको छ। बुधवार यहाँ यति धेरै सङ्क्रमितहरू भेटिएपछि बेलायतका अधिकारीहरूले यहाँ कोरोना सङ्क्रमण घट्न नसकेको देखिएको बताएका छन्। सोमबार पनि यहाँ ४९ हजार जना सङ्क्रमित देखिएको स्वास्थ्य अधिकारीहरूले जनाएका थिए।

यहाँ देखिएको यो सङ्ख्या महिनौँपछिको सबैभन्दा धेरै हो। पछिल्ला केही दिनमा सङ्क्रमण झन् बढेको पाइएको छ। अधिकारीहरूले बेलायतमा अहिलेसम्म सङ्क्रमित हुनेको सङ्ख्या करिब ८५ लाख ८९ हजार पुगेको पनि जनाएका छन्। स्वास्थ्य मन्त्रालयद्वारा बुधवार जारी वक्तव्यमा उल्लेख गरिएअनुसार पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणको कारण १७९ जनाको निधन भएको छ। यो समेत गरी १ लाख ३९ हजारभन्दा धेरै मानिसको यो सङ्क्रमणबाट ज्यान गएको हो।

महिनौँपछि ठुलो सङ्ख्याका सङ्क्रमित पाइएका भन्दै प्रधानमन्त्री बोरिस जोन्सनले थप सतर्कताका लागि आग्रह गरेका छन्। स्वास्थ्य अधिकारीले धेरै समयपछि मृत्यु हुनेको सङ्ख्या पनि बढ्न थालेको बताएका छन्। यसै बीच बेलायतका स्वास्थ्यसम्बन्धी अधिकारीहरूले यहाँको सरकारलाई बेलायतमा हिँड्डूलमा कडाइ गर्न तथा अन्य सामाजिक गतिविधिहरूमा पनि प्रतिबन्ध लगाउन सुझाव दिएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ