arrow

बाइडेनले भने- चीनले ताइवानमाथि आक्रमण गरे अमेरिकाले बचाउँछ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक ५ शुक्रबार
biden.jpg

काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेनले ताइवानमाथि चीनले आक्रमण गरेमा अमेरिकाले बचाउने बताएका छन् । के चीनले आक्रमण गरेमा अमेरिकाले ताइवानको रक्षा गर्छ त भन्दै सोधिएको प्रश्नमा बाइडेनले यस्तो जवाफ दिएका हुन् ।

राष्ट्रपति बाइडेनले भनेका छन्, 'हो, हामी त्यो गर्न प्रतिबद्ध छौँ ।' यसपछि ह्वाइट हाउसले ताइवानसँगको कुनै नीतिगत परिवर्तन भने नभएको बताएको छ । ताइवानले पनि अमेरिकी बयानका सन्दर्भमा आफ्नो चीनसँगको स्थिति परिवर्तन नगर्ने बताएको छ ।

अमेरिकाले लामो समयदेखि ताइवानको रक्षाको बिषयमा 'रणनीतिक अस्पष्टता'को अभ्यास गरेको छ । यसको मतलब चीनले ताइवानमा आक्रमण गरेमा के गर्नुपर्छ भनेर जानेबुझेर अमेरिका अस्पष्ट रहेको देखिन्छ ।

चीनले ताइवानलाई आफ्नो एक छुट्टिएको प्रान्त भन्ने गर्छ । तर ताइवानी नागरिकले ताइवानलाई एक स्वतन्त्र मुलुक मान्ने गर्छन् । 

अमेरिकाले ताइवानसँग हतियार बिक्री गर्ने गर्छ । ताइवान एक वैश्विकआर्थिक, कूटनीतिक एवं रणनीतिक केन्द्र पनि हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ