arrow

तालिबान राजमा सिख समुदाय त्रसित, गुरुद्वाराको पवित्रता भङ्ग गरियो

logo
एजेन्सी,
प्रकाशित २०७८ कार्तिक ५ शुक्रबार
taleban.jpg
फाइल तस्बिर

काठमाडौँ। अफगानिस्तानमा तालिबान राजपछि लगातार अल्पसङ्ख्यक सिख समुदायलाई डर देखाउने र धम्क्याउने काम भइरहेको छ। ताजा घटनाक्रम अनुसार अफगानिस्तानको राजधानी काबुलस्थित गुरुद्वारामा प्रवेश गरेर तालिबानीहरुले त्यहाँको पवित्रता भङ्ग गर्नुका साथै समुदायलाई धम्क्याइएको छ।

इन्डिया वर्ल्ड फोरमका प्रमुख पुनीत सिंह चंडोकले भने, आफैलाई इस्लामिक अमीरात अफ अफगानिस्तानको स्पेशल यूनिटको हिस्सा बताउने हतियारधारीहरू गुरुद्वारा दशमेश पितामा जबरजस्ती प्रवेश गरे। राजधानी काबुलमा करते परवतस्थित गुरुद्वाराको पवित्रता भङ्ग गर्दै उनीहरूले सिखहरूलाई धम्क्याए।

चंडोकले भने, यिनीहरू गुरुद्वारानजिकै रहेको पूर्व सांसद नरिन्दर सिंह खालसाको कार्यालय र घरमा प्रवेश गरे। इन्डिया वर्ल्ड फोरमका अध्यक्षले भने, यो गुरुद्वारामा सिख समुदायका लगभग २० सदस्य उपस्थित छन्। उनले भारत सरकारसित अफगानिस्तानमा रहेका हिन्दु र सिखहरूलाई लिएर चिन्ता व्यक्त गर्न र सर्वोच्च स्तरमा अफगानिस्तानका समकक्षहरूसित कुरा राख्न अपिल गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ