arrow

मोतीपुर झडप : मुख्य योजनाकार आलम समातिए

वैकल्पिक व्यवस्था नहुँदासम्म औद्योगिक क्षेत्र निर्माण गर्न नदिने स्थानीयको अडान 

logo
नारायण वली,
प्रकाशित २०७८ कार्तिक ५ शुक्रबार
motipur-jhadap-ali.jpg

रुपन्देही । मोतीपुर औद्योगिक क्षेत्र निर्माणमा जग्गा कब्जा गर्न, टोली गठन गर्ने समूहका मुख्य योजनाकारलाई बुटवलबाट प्रहरीले पक्राउ गरेको छ। कपिलवस्तुको शुद्धोधन गाउँपालिका-६ स्थायी घर भई हाल बुटवल उप-महानगरपालिका-११ मा डेरा गरी बस्दै आएका ४४ वर्षीय सावीर अलि उर्फ राजु आलमलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। 

प्रहरीले अलिकै अध्यक्षतामा भएका छलफल, बैठक र बैठकका निर्णय कागजात समेत फेला परेको बताएको छ ।

अलि मुसलमानले सरकारी जग्गा अतिक्रमणको लागी मानिसहरूलाई उक्साउने, टोली गठन गर्ने, जग्गा बाँडफाँड गर्ने, समिति गठन गरी अध्यक्षता ग्रहण गर्ने, ब्यानर निर्माण गर्ने, माईनटिङ तयार गर्ने जस्ता कार्यको नेतृत्व गर्दै आएको भन्ने सूचनाले कार्तिक १ गते राती पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका अलिलाई  मुलुकी अपराध संहिता २०७४ अन्तर्गत सार्वजनिक शान्ति विरुद्धको कसुरमा इलाका प्रहरी कार्यालय बुटवलमा मुद्दा दर्ता गरी अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय रुपन्देही बाट १० को म्याद गरिएको बताइएको छ ।        

प्रहरीले डेराबाट ब्यानर ३ थान, माईनटिङको प्रतिलिपि, टोली गठन गरेको सम्पर्क नम्बर सहितको नामावली उल्लेख भएको कागजात थान १३ र बस्ती विकासको सहयोग रसिद २ थान फेला परेको दाबी गरेको छ। सो घटनामा संलग्न अन्य व्यक्तिहरूको अनुसन्धान भइरहेको रुपन्देही प्रहरीले जनाएको छ।

तत्कालीन सरकारले रुपन्देहीको मोतीपुर क्षेत्रलाई औद्योगिक क्षेत्रको रूपमा विकास गर्न सकिने भन्दै रानीगंज,  मोतीपुर र फर्साटिकर लगायतका गाउँहरूलाई समेटेर मोतीपुर औद्योगिक क्षेत्र बनाउने योजना ल्याएसँगै असन्तुष्ट जनाएका त्यहाँका स्थानीयहरूले आफूहरूको वैकल्पिक व्यवस्था नहुँदा सम्म औद्योगिक क्षेत्र निर्माण गर्न नदिने अडान लिँदै आए ।

उनीहरूले उक्त अडान अझै नछाडेको पाइएको छ । मोतीपुरका एक स्थानीय बासीले नाम नबताउने सर्तमा भने, हामीहरू औद्योगिक क्षेत्रको लागि विरोधी होइनौँ, हाम्रो विरोध यहाँका विस्थापित हुने स्थानीय बासिन्दाहरुसंग तत्कालीन सरकारले कुनै राय सल्लाह नगरी औद्योगिक क्षेत्रको शिलान्यास र कामलाई अगाडि बढाउन खोज्नु स्थानीय बासिन्दाहरूको मर्म विपरीत भएको स्पष्ट पारे।

साथै, स्थानीयहरूले पीडित सङ्घ समिति पनि गठन गरेको पाइएको छ । त्यति मात्रै होइन, उनीहरूले तत्कालीन समयमा स्थानीय बासिन्दाहरूको मागलाई सम्बोधन गर्नुपर्ने लगायतको सहमति गरेको सम्झौता पत्र समेत राखेको बताएका छन् ।

No description available.

सुरक्षाको घेराबन्दीमा तत्कालीन अर्थमन्त्री विष्णु पौडेल र उद्योग मन्त्री लेखराज भट्टले मोतीपुर औद्योगिक क्षेत्रको शिलान्यास गरेको भए पनि स्थानीयहरूले आफूहरूको मागलाई व्यवास्ता गर्दै उठिबास लगाउने गरी सरकार अगाडि बढ्न थालेको प्रति आक्रोश पोख्दै कालो झन्डा देखाएर विरोध जनाएका थिए ।

तर पछिल्लो समय सो क्षेत्रलाई सुकुम्वासीले पाउनु पर्ने भन्दै केही सुकुम्वासी स्तरका नागरिक त्यहाँ पुगे तर गैर सुकुम्वासीले कब्जा गर्ने प्रयास गर्दा गत भदौ २४ गते प्रहरी र अतिक्रमण गर्न आएका नागरिक बिच झडप हुँदा ४ जना नागरिकको मृत्यु भयो । भने अन्य सुरक्षाकर्मी समेत घाइते हुन पुगे ।

मोतीपुर औद्योगिक क्षेत्र व्यवस्थापनका प्रमुख निमेष अधिकारीले अतिक्रमण गर्न आएका नागरिकहरूलाई आफूहरूले सो क्षेत्र औद्योगिक व्यवस्थापन लिमिटेडको नाममा रहेको जग्गा हो यो तपाईँहरूले चाहेर पनि पाउनुहुन्न, तपाईँहरूले सुकुम्वासी खुलेको छ भन्ने सुनेको कुरा सबै अफवाह हो भनेर बुझाएको भए पनि कुनै सुनुवाइ नभएको उल्टै सो विषयमा झडपको स्थिति सिर्जना भई मृत्युवरण एवं घाइते हुनु दुःखद घटना भएको बताए ।

No description available.



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ