arrow

स्वास्थ्यकर्मीलाई खोप उपलब्ध गराउन आग्रह

logo
सिन्ह्वा,
प्रकाशित २०७८ कार्तिक ५ शुक्रबार
who-c.jpg

जेनेभा । विश्व स्वास्थ्य सङ्गठनले स्वास्थ्यकर्मीहरूलाई कोभिड १९ विरुद्धको खोप सहज उपलब्ध गराउन विश्वका देशहरूलाई आग्रह गरेको छ । विश्वमा स्वास्थ्यकर्मीहरू नै कोभिडको सङ्क्रमणको मारमा परेका बताउँदै उनीहरूको सुरक्षाका लागि खोपको उपलब्धता आवश्यक रहेको बताएको हो ।

विश्व स्वास्थ्य सङ्गठनले कोभिडले स्वास्थ्यकर्मीहरूलाई नराम्ररी प्रभावित पारेको र त्यसबाट कम्तीमा पनि १ लाख १५ हजार जना स्वास्थ्यकर्मीहरूको ज्यान गएको बताएको छ । विश्व स्वास्थ्य सङ्गठनले सन् २०२० को जनवरीदेखि सन् २०२१ को मे महिनाको बिचमा यति धेरै स्वास्थ्यकर्मीको ज्यान गएको अनुमान गरिएको बताएको छ ।

विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक डा टेड्रोस आधनाम गेहब्रेयससले स्वास्थ्यकर्मीहरूलाई कोभिड खोपका लागि प्राथमिकतामा राख्नुपर्ने बताएका हुन्। उनले अहिले पनि विश्वका करिब ११९ देशका स्वास्थ्यकर्मीहरूको तथ्याङ्क हेर्दा ती देशका करिब पाँच स्वास्थ्यकर्मीमध्ये दुई जनाले मात्र खोपको पूर्ण मात्रा प्राप्त गरेका बताएका छन् ।

त्यसैले अहिले पनि विश्वमा कोभिड महामारीको अवस्था नहटेको र त्यसमा स्वास्थ्यकर्मीहरू पहिलो पङ्क्तिमा बसेर काम गर्नुपर्ने भएकाले उनीहरूलाई खोप उपलब्ध गराउनुपर्ने बताएका हुन् । अहिले विश्वमा खोपको न्यायपूर्ण वितरण हुन नसकेको बताइएको छ । यस विषयमा विश्व स्वास्थ्य सङ्गठनले पनि आलोचना गर्ने गरेको छ ।



नयाँ